Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कोरोना रोकथाम कोषमा ग्रामिण विकास लघुवित्तद्वारा २८ लाख ५० हजार सहयोग

कोरोना रोकथाम कोषमा ग्रामिण विकास लघुवित्तद्वारा २८ लाख ५० हजार सहयोग

हरिश ढकाल
बुटवल, २९ चैत । बुटवलमा प्रधान कार्यालय भएको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा २८ लाख ५० हजार रुपैयाँ जम्मा गरेको छ । संस्थाले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ११ लाख र सातवटा प्रदेश सरकारको कोषमा २ लाख ५० हजारका दरले १७ लाख ५० हजार रुपैयाँ रकम जम्मा गरेको हो ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा विपतमा परेका परिवारहरूलाई राहत वितरणमा सहयोग पु¥याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग रकम उपलब्ध गराइएको संस्थाले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x