कनेक्ट आइपीएसमार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने

काठमाडौं, २९ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क कनेक्ट आईपीएसमार्फत पनि अनलाइन भुक्तानी गर्न सकिने सुविधा थप गरिएको छ । कम्पनीले विभिन्न डिजिटल माध्यमबाट भुक्तानी सुविधा दिँदै आएकोमा कनेक्ट आइपीएस सुविधा पनि थप गरेको हो ।

यो सुविधा सुचारु भएसँगै कनेक्ट आईपीएसमा आवद्ध कुनै पनि बैंकको खातामार्फत ग्राहकले घरमै बसी आप्mनो बीमा शुल्क भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका विभिन्न शाखा तथा उपशाखा कार्यालयमा गई आप्mनो प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट कनेक्ट आईपीएस मार्फत अनलाइन भुक्तानी गर्न सहज हुने कम्पनीको विश्वास छ ।

कम्पनीले आफ्ना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *