Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पाँच अस्पताल स्तरोन्नति गर्ने प्रदेश २ सरकारको निर्णय

पाँच अस्पताल स्तरोन्नति गर्ने प्रदेश २ सरकारको निर्णय

जनकपुर, २९ चैत । । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश २ सरकारले विभिन्न पाँचओटा अस्पताल स्तरोन्नति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले हालसम्म जिल्ला अस्पताल नभएका पर्सा, धनुषा र सप्तरीका मुख्य सरकारी अस्पताललाई ५०÷५० शøयाको क्षमतामा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
पर्साको पोखरिया, धनुषाको डुमरिया र सप्तरीको भारदहस्थित अस्पताललाई जिल्ला अस्पतालको रूपमा स्तरोन्नति गर्ने निर्णय गरिएको छ । त्यसैगरी बाराको कलैयास्थित जिल्ला अस्पताल र महोत्तरीको जलेश्वरस्थित अस्पतालाई विशेष अस्पतालको रूपमा स्तरोन्नति गर्ने निर्णय भएको छ ।
जलेश्वर अस्पताल स्तरोन्नतिको काम शुरू गरिसकिएको छ भने बाराले समेत शनिवारदेखि नै स्तरोन्नतिको काम थालेको छ । त्यसैगरी मन्त्रिपरिषद् बैठकले कोरोनाको रोकथाम प्रयोजनका लागि खटिएका नेपाल प्रहरीको मनोबल उच्च गर्नुका साथै न्यूनतम आवश्यकता पूर्ति गर्ने उद्देश्यले प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई ५÷५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै प्रदेशमा रहेका पाँचओटा जेलहरूमा क्षमताभन्दा बढी कैदी रहेकाले त्यहाँ कोरोनाबाट जोगिने उपाय अवलम्बन गर्न प्रत्येक जेललाई २०÷२० लाख उपलब्ध गराउने निर्णय गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x