Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

मुक्तिनाथ बैंकद्वारा मजदूरलाई खाद्यान्न सहयोग

मुक्तिनाथ बैंकद्वारा मजदूरलाई खाद्यान्न सहयोग

वीरेन्द्रनगर, ३० चैत । मुक्तिनाथ विकास बैंक लिमिटेडले वीरेन्द्रनगर नगरपालिका–५ का विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । बंैकको वीरेन्द्रनगर शाखाले शनिवार वडा नं ५ मा रहेका १०० विपन्न घरपरिवारलाई खाद्यान्न सामग्री प्रदान गरेको हो ।
बैंकले आप्mनो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १ लाख ५० हजार रुपैयाँबराबरको खाद्यान्न सामग्री सहयोग गरेको बैंकका डेस्क प्रमुख रामशंकर सुवेदीले बताए । बैंकले वीरेन्द्रनगर नगरपालिका–५ को सहकार्यमा चामल, दाल, तेल नून लगायत खाद्यान्न सामग्री वडाध्यक्ष राजबहादुर गुरुङलाई हस्तान्तरण गरेको हो । ज्याला मजदूरी गरी छाक टार्ने परिवारलाई बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भए पनि विपन्न परिवारलाई राहत पुग्ने सुवेदीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x