Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मुख्यमन्त्रीको निर्देशनपछि प्रदेश २ मा लकडाउनमा थप कडाइ

मुख्यमन्त्रीको निर्देशनपछि प्रदेश २ मा लकडाउनमा थप कडाइ

जनकपुर, १ वैशाख । भारतबाट आएर वीरगञ्जमा बसेका तीनजनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लकडाउनलाई अझ कडाइ गरिने बताएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रदेश नेतृत्वले सीमा नाकासहितका क्षेत्रमा लकडाउन थप प्रभावकारी बनाउन काम शुरू गरिसकेको उनको भनाइ छ । भारतबाट केही समयअगाडि नै ठूलो जमात आएकाले त्यस्ता व्यक्ति अरू पनि हुन सक्ने भएकाले खोज्ने काम भइरहेको उनले बताए । उक्त विषयमा मुख्यमन्त्री राउतले आइतवार गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x