Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मध्य तथा दीर्घकालीन रणनीति अवलम्बन गर्न परिसंघको सुझाव

मध्य तथा दीर्घकालीन रणनीति अवलम्बन गर्न परिसंघको सुझाव

काठमाडौं, १ वैशाख । नेपाल उद्योग परिसंघले कोरोना प्रकोपका कारण उत्पन्न विषम परिस्थितिको सामना गर्न मध्य तथा दीर्घकालीन रणनीति अघि सार्न सरकारलाई सुझाएको छ । संघले आइतवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोतीलाल दुगड र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँगको भेटवार्तामा अर्थतन्त्र गतिशील राख्न उक्त सुझाव दिएको हो । महामारीका कारण मुलुकको अर्थ व्यवस्था अत्यन्त कठिन परिस्थितिमा पुगेकोे भन्दै परिसंघले अर्थ व्यवस्था सन्तुलित राख्न तत्कालै विभिन्न पहल थाल्न समेत आग्रह गरेको छ ।
मौद्रिक तथा वित्तीय नीतिको उचित प्रयोग गरी अर्थव्यवस्था जोगाउन सकिने भन्दै परिसंघले सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै विस्तारकारी वित्तीय नीति ल्याउन सुझाएको छ । मुलुकको कूुल गार्हस्थ्य उत्पादनको करिब ३ प्रतिशतले हुन आउने रकम अनौपचारिक क्षेत्रका काम गर्ने, गरिब तथा पहुँच नहुने वर्गमा परिचालन गर्नुपर्नेमा परिसंघले जोड दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x