Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि ई–पासको व्यवस्था गरिँदै

अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि ई–पासको व्यवस्था गरिँदै

काठमाडौं, १ वैशाख । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि ई–पासको व्यवस्था गरिने भएको छ ।
गृह मन्त्रालयले सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अत्यावश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो । ई–पास लिन https/epass.moha.gov.np मा गएर विवरण भर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई–पास वितरण गर्ने उल्लेख छ । यो प्रणाली मंगलवारदेखि शुरू हुने गृह मन्त्रालयले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x