Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

काठमाडौंमा कोरोना संक्रमित भेटिए, जोखिम बढ्यो

काठमाडौंमा कोरोना संक्रमित भेटिए, जोखिम बढ्यो

काठमाडौं, १ वैशाख । अहिलेसम्म औलामा गन्न सकिने कोराना संक्रमितहरु रहेको नेपालमा अब क्रमशः कोरोनाका थप बिरामी फेला पर्न थालेका छन् । काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना गरिएको छ । सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने उनीहरु १८ दिनअघि लण्डनबाट फर्केका थिए । सनसिटीका पाँच ब्लकहरुमध्ये ए ब्लकको पाँचौ तलामा बस्नेलाई र्यापिड टेस्टमा कोरोना देखिएको हो ।
यो अपार्टमेन्टलाई प्रहरीले सिल गरेको छ ।
आजै स्वास्थ्य मन्त्रालयले भारतबाट रौतहट आएका एक युवामा पनि कोरोना संक्रमण देखिएको पुष्टी गरेको छ । त्यी युवा भारतबाट आएर क्वारेन्टीनमा बसिरहेका थिए । रौतहटका युवा १४औं कोराना संक्रमित पुष्टी भएका हुन् ।
यसअघि कैलालीको लम्कीमा भारतबाट नेपाल आएका एक युवकबाट नेपालमै रहेकी उनकी भाउजूलाई कोरोना सरेको (पहिलो ट्रान्समिटेड केस) पुष्टी भएपछि नेपालले दोस्रो चरणको अभियान चलाएको छ । जसमा संक्रमित भएको क्षेत्रलाई सील गरेर उसको सम्पर्कमा आउने सबैको पीसीआर र आरडिटी विधिबाट परिक्ष्ँण गरिन्छ ।
कोरोना संक्रमित धेरै देखिएका कैलाली, बाग्लुङ लगायतका जिल्लामा सरकारले व्यापक परिक्षण बढाइरहेको छ ।
कोरोनाको पहिलो संक्रमित तीन महिनाअघि चीनको वुहान सहरबाट आएका नेपालगन्जका एक विद्यार्थी थिए । दोस्रो फ्रान्सबाट दोहा हुँदै नेपाल आएकी मैतीदेवीकी एक युवती हुन् । दोस्रो संक्रमित फ्रान्सबाट कतारको दोहा हुँदै फर्केकी १९ वर्षे विरामी हुन् । तेश्रो संक्रमित दुबईबाट फर्केका धादिङका युवा हुने भने चौथो संक्रमित काठमाडौं उपत्यका बाहिर कैलालीका रहेको बताइएको छ । पाँचौ संक्रमित बेल्जियमबाट दोहा हुँदै नेपाल आएकी युवती हुन् । उनी दोस्रो संक्रमित फर्केकै कतार एयरवेजको जहाजमा चैत ४ गते नेपाल आएकी थिइन् । सोही फ्लाइटमा आएकी बाग्लुङकै ६८ वर्षे महिनालाई पनि कोरोना संक्रमिट पुष्टी भएको थियो । यसअघि पर्सा जिल्लाको छपकैया टोलको एक मस्जिदमा रहेका ३ जना भारतीयलाई कोरोना पुष्टी भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x