Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

उपत्यकामा लकडाउनमा कडाइ, वैशाख १५ सम्म लकडाउन

उपत्यकामा लकडाउनमा कडाइ, वैशाख १५ सम्म लकडाउन

काठमाडौं, २ वैशाख । राजधानीको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ को आठौ तलामा बस्ने दुई जनामा कारोना संक्रमण पुष्टी भएपछि प्रशासनले उपत्यकामा लकडाउनमा कडाइ गरेको छ । अत्यन्त आवश्यक काममा बाहेक अब बाहिर घुमफिर गर्नेलाई प्रहरीले लचिलो नीति लिनेछैन । उनीहरुलाई अनिवार्य सडकको किनाराको कुनै निश्चित घेरामा बनाइएको क्वारेन्टीनमा दुइघण्टा उभ्याएर घर फिर्ता पठाइनेछ ।

सनसिटी अपार्टमेन्टमा भेटिएका दुई कोरोना संक्रमित २८ दिनअघि लण्डनबाट फर्केका हुन् । उनीहरु लक्षण नदेखिएपनि आइसोलेसनमा बसेको बताइन्छ । उनीहरुको सोमबार र्यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना पोजिटीभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा लगिएको थियो । मुलुकभर कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

त्यस्तै, सनसिटीलाई सील गरी त्यहाँ बसोबास गर्ने सबैको कोरोना परिक्षण भैरहेको छ ।
यससँगै बढी आवादी रहेको काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाइएको छ । आज बसिरहेको मन्त्रीपरिषद् बैठकले लकडाउन १२ दिन थपेर वैशाख १५ सम्म पुर्याएको छ ।

अर्थमन्त्री सनसिटी नगएको प्रष्टोक्ति
यसैबीच अर्थमन्त्रीका प्रेस संयोजक यमन पौडेलले विज्ञप्ति जारी गरी अर्थमन्त्री डा. युवराज खतिवडा उक्त अपार्टमेन्टमा नगएको बताएका छन् । अर्थमन्त्रीका छोरा तिलक खतिवडाका परिवार उक्त अपार्टमेन्टको ब्लक ‘बी’मा बसोबास गर्छन् । उक्त अपार्टमेन्टमा बसोबास गर्नेहरुको समितिको चैत दोस्रो साता भएको निर्वाचनपछि विजयीलाई बधाइ दिन अर्थमन्त्री त्यहाँ गएको भन्ने समाचार भाइरल भएको थियो ।

यसलगत्तकै अर्थमन्त्रीका छोरा तिलक खतिवडाले पनि अर्थमन्त्री त्यहाँ नगएको प्रष्ट पारिसकेका छन् । खतिवडाले लकडाउनपछि उनका बुबा तथा परिवारका अन्य सदस्यसँग नभेटेको बताएका छन् । त्यस्तै, अर्थमन्त्रीका प्रेस संयोजक पौडेलले अर्थमन्त्री अत्यन्त अनुशासनपूर्वक बसेको र मन्त्री क्वार्टर, सिंहदरबार तथाक बालुवाटारबाहेक कहीं नगएको बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x