Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कोरोना उपचारसहित पाटन अस्पतालको सबै सेवा नियमित

कोरोना उपचारसहित पाटन अस्पतालको सबै सेवा नियमित

काठमाडौं, २ वैशाख । लगनखेलस्थित पाटन अस्पतालले कोरोना भाइरसको सम्भावित संक्रमितको उपचारसँगै सबै रोगका बिरामीको उपचार गरिरहेको बताएको छ । अस्पतालले कोभिड–१९ का सम्भावित बिरामीलाई आइसोलेसन बेडमा राखेर उपचार गरिरहेको छ अन्य सबै स्वास्थ्य समस्याका रोगीको उपचार भइरहेको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले बताएका छन् ।
लकडाउनका कारण बिरामीलाई अस्पतालसम्म आउन सहज नभए पनि आएका बिरामीको सहजै उपचार सेवा उपलब्ध गराइएको उनले जानकारी दिए । सामान्य अवस्थामा दैनिक झण्डै २ हजार बिरामी आउने गरेकोमा लकडाउनयता यो संख्या घटेर दैनिक २ सय हराहारीमा आइपुगेको अस्पतालले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x