Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

संक्रमण नदेखिए पनि एक हप्ता क्वारेन्टिनमा बस्नुपर्ने

संक्रमण नदेखिए पनि एक हप्ता क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौं, २ वैशाख । क्वारेन्टाइनमा १४ दिन बसेर पनि कोरोना भाइरसको संक्रमण नदेखिएका व्यक्ति पनि थप ७ दिन घरमै क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘कोभिड १९को प्रयोगशाला जाँचको राष्ट्रिय निर्देशिका–२०७७’ मा विदेशबाट आएका र क्वारेन्टिन मा १४ दिनदेखि बसिरहेका कोभिड–१९ को लक्षण चिह्न नदेखिएका व्यक्ति घरमा थप एक साता क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको हो ।

क्वारेन्टिन मन्त्रालयले परीक्षणलाई व्यवस्थित बनाउन निर्देशिका जारी गरिएको बताएको छ । निर्देशिकामा प्रयोगशाला परीक्षणबाट पोजेटिभ (संक्रमित) भएका व्यक्तिको सम्पर्क वा संसर्गमा आएका तर घरमै क्वारेन्टिनमा बसेका, १४ देखि २१ दिन पुगेका र कोभिड–१९ को लक्षण नदेखिएका व्यक्तिलाई पनि ¥यापिड डाइग्नोस्टिक टेस्टबाट परीक्षण गर्ने, क्वारेन्टिन बाट घर पठाउने अवधि पुगेका र क्वारेन्टाइनमा बसेको १४ दिनभन्दा अघि नै आरटी पीसीआर विधिबाट जाँच गर्दा नेगेटिभ रिपोर्ट आएका व्यक्तिको पनि १४ देखि २१ दिनमा परीक्षण गर्ने उल्लेख छ । मन्त्रालयले परीक्षणलाई व्यवस्थित बनाउन निर्देशिका जारी गरिएको बताएको छ । निर्देशिकामा प्रयोगशाला परीक्षणबाट पोजेटिभ (संक्रमित) भएका व्यक्तिको सम्पर्क वा संसर्गमा आएका तर घरमै क्वारेन्टिन मा बसेका, १४ देखि २१ दिन पुगेका र कोभिड–१९ को लक्षण नदेखिएका व्यक्तिलाई पनि ¥यापिड डाइग्नोस्टिक टेस्टबाट परीक्षण गर्ने, क्वारेन्टिन बाट घर पठाउने अवधि पुगेका र क्वारेन्टिन मा बसेको १४ दिनभन्दा अघि नै आरटी पीसीआर विधिबाट जाँच गर्दा नेगेटिभ रिपोर्ट आएका व्यक्तिको पनि १४ देखि २१ दिनमा परीक्षण गर्ने उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x