कोरोना रोकथाम तथा उपचार कोषमा आइक्यानको १ करोड सहयोग

काठमाडौं, २ वैशाख । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग रकम उपलब्ध गराएको छ । आइक्यानले गत आईतबार गरेको निर्णयअनुसार उक्त सहयोग रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा हस्तान्तरण गरेको संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

यसैगरी कोरोना भाइरसको प्रभावले लेखा व्यवसायमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न प्राविधिक समिति बनाउने निर्णय पनि बैठकले गरेको अध्यक्ष आचार्यले जानकारी दिए । कोरोना भाइरसको प्रभाव पछि व्यावसायिक परामर्शमा विशेष ध्यान दिनुपर्ने देखिएकोले सो को रणनीति तयार गर्ने उद्देश्यसहित अध्ययन गर्न लागिएको उनको भनाइ छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *