Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त

काठमाडौं, ३ वैशाख । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सरकारले पूर्व सचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । यस अघि निगमको कार्यकारी अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले निगमको संचालक समितिको अध्यक्षमा पर्यटन सचिव रहने व्यवस्था खारेज गरेका थिए ।

प्रधानमन्त्री ओलीले झापाका मदन खरेललाई ०७५ भदौमा कार्यकारी अध्यक्षमा नियुक्त गरेका थियो । तर, उनी ४ वर्षे कार्यकाल पूरा नगरी ०७६ माघमा राजीनामा दिइै अष्ट्रेलिया लागेका थिए ।

घिमिरे पर्यटन सचिव हुँदा १८ महिना निगमको संचालक समितिको अध्यक्ष भएका थिए। पर्यटन मन्त्रालयमा योगेश भट्टराई मन्त्री भएरआएपछि घिमिरेकै नेतृत्वमा साउनमा ५ सदस्यीय निगम सुधारका लागि कार्यदल गठन गरिएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x