Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ट्रम्पले डब्लुएचओको ४० करोड डलर बजेट रोके

ट्रम्पले डब्लुएचओको ४० करोड डलर बजेट रोके

काठमाडौं, ३ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई सहायतास्वरुप दिदैं आएको ४० करोड डलर बजेट रोक्ने निर्णय लिएका छन् । कोरोना भाइरसको सम्बन्धमा डब्लुएचओले राम्रो जानकारी नदिएका कारण विश्व नै आक्रान्त भएको भन्दै अमेरिकाले सहायता रोक्ने निर्णय गरेको हो ।
नियमित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार डब्लूएचओलाई दिँदै आएको सहयोग रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिइसकेको जानकारी दिए। उनले भने, “डब्लूएचओ यो संकटमा आफ्नो आधारभूत जिम्मेवारी निभाउनसमेत असफल भयो ।”
डब्लूएचओको गलत नीतिकै कारण कोरोनाभाइरस विश्वभर फैलिएको ट्रम्पले आरोप छ । डब्लूएचओले वास्तविक तथ्याङ्कलाई लुकाएको उनको आरोप छ।
चीनको वुहानमा संक्रमण सुरु भएपछि त्यसलाई रोकेर बाँकी विश्वमा फैलन नदिन डब्लूएचओले काम गर्न नसकेको ट्रम्पको भनाइ थियो। यसअघि पनि डब्लूएचओले चीनको पक्षमा काम गरेको भन्दै ट्रम्पले सहयोग रोक्ने चेतावनी दिदैं आएका थिए ।
भाइरस फैलिएपछि उनले डब्लुएचओले सुरुमा यो मान्छेबाट मान्छेमा सर्दैन भनेर ढाँटेको भन्दै आलोचना गर्दै आएका छन् । त्यसको जवाफमा डब्लूएचओ महानिर्देशक डा। टेन्ड्रोस अध्नोम घेब्रेएससले कोरोनाभाइरसमाथि राजनीति गरेको र जातीय विभेदमा उत्रेको आरोप ट्रम्पममाथि लगाएक छन् ।
डब्लूएचओलाई सबैभन्दा बढी आर्थिक सहयोग अमेरिकाले गर्छ। डब्लूएचओको कूल बजेटको १५ प्रतिशत अमेरिकाले अनुदान दिने गरेको छ। गत वर्ष अमेरिकाले ४० करोड डलर अनुदान दिएको थियो।
अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार ४७ पुगिसकेको छ। त्यहाँ अहिलेसम्म ६ लाख १३ हजार आठ सय ८६ संक्रमित भेटिएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x