Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

२०७६ सालमा बैंकिङ क्षेत्रः नीतिगत कुरादेखि प्रविधिसम्मको चर्चा

२०७६ सालमा बैंकिङ क्षेत्रः नीतिगत कुरादेखि प्रविधिसम्मको चर्चा

काठमाडौं, ४ वैशाख । २०७६ साल नेपालका बैंक तथा वित्तीय क्षेत्रका लागि चर्चा र परिचर्चाको वर्षका रुपमा रह्यो । यो वर्ष बैंकिङ क्षेत्रको सुरक्षादेखि नीतिगत कुराको चर्चा अत्याधिक चल्यो । त्यो भन्दा बढि त राष्ट्र बैंकले लिएको मर्जरको नीतिको चर्चा अत्याधिक रुममा चलेको थियो । यसैअन्तर्गत ग्लोबल आईएमई बैंक र जनता बैंकको मर्जलाई ठूलो उपलब्धीको रुपमा लिन सकिन्छ । यी दुई वाणिज्य बैंक एक आपसमा मर्ज भएपछि अहिले वाणिज्य बैंकको संख्या २७ मा झरेको छ ।

२०७६ सालको भदौमा चिनियाँ ह्याकरहरुले नेपालका विभिन्न वाणिज्य बैंकको सिस्टम ह्याक गरी एटीएम कार्ड र एटीएम बुथ प्रयोग गरेर झण्डै ४ करोड रुपैयाँ चोरी गरेका थिए । यस्तो घटनापछि राष्ट्र बैंकले केही समय एटीएमबाट झिक्न पाउने रकमको सीमा घटाएको थियो । त्यसैगरी यही वर्ष जनता बैंक र मुक्तिनाथ विकास बैंकबाट किर्ते हस्ताक्षर गरी एक गिरोहले पैसा लुटेका थिए । जसको कारण बैंकिङ सुरक्षाको बारेमा प्रश्न उत्पन्न भएको थियो । बैंक अफ काठमाण्डूले नक्कली कागजपत्रका आधारमा धितो कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा पूर्व प्रमुख कार्यकारी अधिकृृत अजय श्रेष्ठ पक्राउ परेका थिए ।

२०७६ सालमा नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नरका रुपमा लगानी बोर्डका तत्कालिन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नियुक्त भए । उनलाई सरकारले राष्ट्र बैंकका तत्कालिन गभर्नर डा. चिरन्जिवी नेपालले अवकास पाएको १९ दिनपछि मात्र नयाँ गभर्नरको रुपमा नियुक्त गरेको थियो । यसै वर्ष राष्ट्र बैैैैैैैैैैंकले रियल टाईम ग्रस सेटलमेन्ट (आटीजीएस) प्रणालीको सुरुवात गरेको थियो । यो प्रणाली सुरुका दिनमा तयारी विन लागु गरेकाले प्रभावकारी कार्यान्वयन भएन् । तर, परिमार्जन गरेर लागु गरिएपछि चेक नकाटी भुक्तानी गर्न मिल्ने यो प्रणाली अहिले प्रभावकारी हुँदै गएको छ ।

त्यस्तै राष्ट्र बैंकका तत्कालिन गभर्नर डा.नेपालको निर्देशनमा नेपाल बैंकर संघले बैंकहरुसँग निक्षेपको व्याजदर घटाउँने भद्र सहमत गरेको थियो । बैंकर संघले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.२५ प्रतिशत र बचतमा ६.५० पतिशत ब्याज दिने बैंकहरुसँग भद्र सहमति भएको हो । तर, ऋणको ब्याज घट्न नसक्दा यो वर्ष उद्योग धन्दा सञ्चालनमा समस्या उत्पन्न भएको थियो ।
यो वर्ष ५ वटा बैंकहरुले बाह्य बैंकहरुबाट ऋण लिएका छन् । मेगा बैंकले कतारको दुहा बैंकबाट, एनएमबि बैंकले बंगलादेशको ढाकास्थित आईएफआईसी बैंकबाट ऋण लिएका छन् भने कतारमा केन्द्रीय कार्यालय भएको मस्रिक बैंकबाट सन्राइज बैंक, माछापुछ्रे बैंक र लक्ष्मी बैंकले बाह्य ऋण भित्र्याएका छन् ।

त्यसैगरी यो वर्ष विभिन्न वाणिज्य बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत र अध्यक्ष पाएका छन् । जसअनुसार सन्राइज बैंकमा जनक शर्मा पौडैल, नेपाल बैंकमा कृष्ण बहादुर अधिकारी, माछापुछ्रे बैंकमा सन्तोष कोइराला, एभरेष्ट बैंकमा गजेन्द्र कुमार नेगी, स्टाण्डर्ड चाटर्ड बैंकमा अनिभन घोस डकटिडर र राष्ट्रिय वाणिज्य बैंकमा पुरानै अनुहार किरण कुमार श्रेष्ठ तथा हिमालयन बैंकमा अशोक राणाले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए । कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मी प्र्रपन्न निरौलालाई नियुक्त गरिएको छ । त्यसैगरी कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा र हिमालयन बैंकको अध्यक्षमा तुल्सिप्रसाद गौतम नियुक्त गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x