Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लकडाउनका बेला पनि ठूला आयोजनाको काम जारी

लकडाउनका बेला पनि ठूला आयोजनाको काम जारी

काठमाडौं, ४ वैशाख । लकडाउनका कारण देशभर अधिकांश गतिविधि ठप्पप्रायः भए पनि पूर्वाधार निर्माणका ठूला आयोजनाको काम भने भइरहेका छन् । राजमार्ग, जलविद्युत्, मोटरेबल पुल, विमानस्थल, खानेपानी लगायत आयोजनाले कोरोना प्रकोपको सतर्कता र सुरक्षाका मापदण्ड अपनाएर काम सुचारु राखेका हुन् ।
लकडाउनका बेला पनि निर्माण निर्माण गर्न सकिने पूर्वाधार आयोजनालाई गति दिन निर्माण व्यवसायीको माग अनुसार सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड बनाएर काम अघि बढाउन निदर्शेन दिएको छ । निर्माणस्थलभित्रै रहेका कर्मचारी तथा कामदार परिचालन गरेर अहिले माथिल्लो तामाकोशी जलविद्युत्, कान्ति राजपथ, मेलम्ची खानेपानी, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल लगायत आयोजनाको काम भइरहेको छ ।
सडक विभागअन्तर्गतका विभिन्न सडक र पुल डिभिजनले सडक तथा मोटरेबल पुलको काम अघि बढाएका छन् । ६२ ओटाभन्दा बढी पुल निर्माणको काम अहिले पनि भइरहेको पुल महाशाखाले बताएको छ ।
सडक विभागका अनुसार लकडाउनका बीच पनि अहिले त्रिभुवन राजपथको हेटौंडा–भैंसे–लामीडाँडा खण्ड, कोशी राजमार्गको देउराली–मुढे खण्ड, पूर्व–पश्चिम राजमार्गको लम्की–अत्तरिया खण्डमा निर्माण भइरहेको छ ।
मेलम्ची खानेपानी आयोजनामा ५० देखि ६० जनाको भरमा काम भइरहेको छ भने पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल आयोजनामा ३५० भन्दा बढी कामदारबाट काम भइरहेको छ । यस्तै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा स्वदेशी तथा विदेशी गरी ११०० कर्मचारी तथा कामदारले सुरक्षित रूपमा काम अघि बढाएको आयोजनाले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x