Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

प्रदेश नं. ५ मा १८४२ जना कवारेन्टाइनमा, भैरहवा, वेलझुण्डी र कोहलपुरमा कोरोना परिक्षण

प्रदेश नं. ५ मा १८४२ जना कवारेन्टाइनमा, भैरहवा, वेलझुण्डी र कोहलपुरमा कोरोना परिक्षण

काठमाडौं, ४ वैशाख । प्रदेश नं. ५ मा हालसम्म १ हजार ८ सय ४२ जना क्वारेन्टाइनमा बसेका छन् । प्रदेश सरकार सामाजिक मन्त्रालयकाअनुसार प्रदेश नं. ५ मा रहेका १२ वटा जिल्लाका विभिन्न स्थानबाट क्वारेन्टाइनमा बसेका हुन् । त्यस्तै हालसम्म यो प्रदेशमा एउटा पनि कोरोना संक्रमित विरामी फेला परेको छैनन् । आरटीडीद्वारा ८ सय ८५ जनाको परिक्षण गरेकोमा सबै रिपोर्ट नेगेटिभ देखिएको जनाइएको छ ।

मन्त्रालयकाअनुसार क्वारेन्टाइनमा सबैभन्दा बढी ३ सय ९६ जना कपिलवस्तु जिल्लाबाट छन् । रुपन्देहीको भैरहवा, दाङको वेलझुण्डी र बाँकेको कोहलपुरमा कोरोना परिक्षणलाई तिब्रता दिइएको प्रदेश ५ का सभामुख पूर्ण बहादुर घर्तीले जानकारी दिए । त्यस्तै कोरोना रोकथामका लागि प्रदेश सभाको सभामुख र उपसभामुखको १ महिना, प्रदेश सभा सदस्यहरुको १५ दिनको र सचिवालय कर्मचारीहरुको मर्यादाक्रम अनुसार ७ दिन, ५ दिन र ३ दिनको पारिश्रमिकबाट प्राप्त रकम प्रदेश सरकार राहत कोषमा २३ लाख ३० हजार रुपैयाँ जम्मा गरिएको छ ।

दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने मजदुरहरुको दैनिक खानपान र स्वास्थ्य परिक्षणको व्यवस्था गर्ने पनि जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x