प्राइम बैंकद्वारा कोरोना रोकथाम कोषलाई १ करोड ७५ हजारको चेक हस्तान्तरण

काठमाडौं, ६ वैशाख । प्राइम कमर्सियल बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारलाई उक्त सहयोग गरेको हो ।

लकडाउनका समयमा दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न वितरण गरी सहयोग पुर्याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *