Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

माघ मसान्त भित्र आय–व्ययको विवरण पेश गर्न दलहरुलाई आयोगको आग्रह

माघ मसान्त भित्र आय–व्ययको विवरण पेश गर्न दलहरुलाई आयोगको आग्रह

काठमाडौं, १५ माघ । निर्वाचन आयोगले दलहरुलाई आय–व्ययको सम्पूर्ण विवरण आगामी माघ मसान्तसम्म बुझाउन आग्रह गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४१ को उपदफा १ मा आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र आय–व्ययको लेखापरीक्षण कानुन बमोजिम इजाजतप्राप्त लेखा परीक्षकबाट गराई एक महिनाभित्र आयोगमा पेश गर्नुपर्ने व्यवस्था भएअनुसार गर्न सूचना जारी गरि सम्पूर्ण दलहरुलाई आग्रह गरेको हो ।

यस्तै, आयोगले प्रदेश सभा निर्वाचनमा उम्मेदवार र दलले गरेको खर्च विवरण पेश गर्न पनि आग्रह गरेको छ । प्रदेश सभातर्फ समानुपातिकको मतपरिणाम समेत आईसकेको अवस्थामा अन्तिम मतपरिणाम सार्वजनिक भएको ३५ दिनभित्र खर्च विवरण पेश गर्न आयोगले सम्पूर्ण राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *