Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

काठको विकल्प बन्दै आल्मुनियम र युपिभिसीका सामाग्री

काठको विकल्प बन्दै आल्मुनियम र युपिभिसीका सामाग्री

युवराज पन्त

काठमाण्डौ,१५ माघ । घर एवं व्यवसायीक भवनहरु निर्माणका लागि अत्यावश्यक मानिने काठको सट्टा पछिल्लो समय नेपालमा आधुनिक प्रविधिको आल्मुनियम र युपिभिसीको प्रयोग बढ्दो छ । व्यवसायीहरुका अनुसार झ्याल, ढोकामा काठको विकल्पको रुपमा आल्मुनियम र युपिभिसीका समाग्रीहरुको प्रयोग बढेको छ ।

वइन ड्राफ्ट इन्डष्ट्रीज प्रालिका प्रोपाइटर मुकेश बरालका अनुसार नेपालमा यी समाग्रीहरुको माग अत्याधिक छ । उनका अनुसार घर तथा अफिस पार्टेसन गर्न काठ भन्दा सस्तो, आकर्षक, घाम पानीमा नफुट्ने, रङग लगाउनु नपर्ने, हलुका, लामो समयसम्म टिक्ने धमिरा नलाग्ने, किफायती तथा बातावरण मैत्री हुने हुदाँ यसको प्रयोग हो । अर्कोतर्फ काठको प्रयोग गर्दा भन्दा यी सामाग्रीको प्रयोग ३० प्रतिशत खर्च बचत हुने पनि उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x