Date

बुध, जेष्ठ १६, २०८१
Wed, May 29, 2024

कोरोना संकट र मुलुकको आर्थिक भविष्य

कोरोना संकट र मुलुकको आर्थिक भविष्य

चीनको वुहानबाट फैलिन सुरु भएको कोरोना भाइरसले यतिबेला सिंगो विश्व आतंकित छ । विश्वभरिका मानव इतिहासकै संकटग्रस्त घडीबाट गुज्रिरहेका छन् । यो भाइरसको संक्रमणबाट जोगाउन नेपाल सरकारले पनि गत चैत ११ देखि लकडाउन गरेको छ, जुन वैशाख १५ सम्म लम्बिएको छ । तर विश्व स्वास्थ्य संगठनले दैनिक सार्वजनिक गर्ने तथ्यांक र विश्लेषणले अझै संकटको स्थिति आउने औंल्याउने गरेको छ ।

५ महिनाको अवधिमा २० लाख बढी मानिस संक्रमित भइसकेका छन् भने डेढ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । दैनिक थपिँदै गएको मृतक र संक्रमितहरूको संख्या र विभिन्न पूर्वानुमानले लकडाउन अझै लम्बिने संकेत गरेको छ ।
विश्वमा आर्थिक संकटको बादल मडारिरहेको छ । मानवजातिको भविष्य र मुलुकको अर्थतन्त्रबारे सर्वत्र चर्चा छ । फैलँदो क्रममा रहेको महाहारीले विश्व समुदायलाई अनपेक्षित अवस्थामा पु¥याइसकेको छ । यो महामारीले विश्व व्यवस्थामा नयाँ परिवर्तन ल्याउने अनुमानहरू हुन थालेका छन् । विश्व महाशक्तिको केन्द्र नै परिवर्तन हुनेसम्मका अड्कल गरिएका छन् ।

यो महामारी बढ्दै गए वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरू स्वदेश फर्कने छन् । अहिले गाँउगाउँमा लाखौं हेक्टर जमिन बाँझो छ । ती युवालाई कृषि सहित अन्य उद्योगमा आकर्षित गर्न सक्ने अवस्था छ ।

यसले हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा पनि ठूलो प्रभाव पार्नेछ । सम्भावित प्रभावबारे अहिलसम्म कुनै प्रक्षेपण भएका छैनन् । तर पनि केही अन्तर्राष्ट्रिय संस्थाहरूले गरेका प्रक्षेपणले मुलुकको अर्थतन्त्रमा ठूलो धक्का पुग्ने निश्चित छ, जसको केही प्रभावहरू अहिले नै देखिन थालिसकेका छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वभर २५ करोड भन्दा बढी मानिसले रोजगारी गुमाउने छन् । यस्तै, संयुक्त राष्ट्र संघले गरेको प्रक्षेपणले भन्छ– कोरोनाले विश्वभर ४ देखि ६ मिलियन मानिस गरिबीमा धकेलिनेछन् । विश्व बैंकको प्रक्षेपण अनुसार नेपालको आर्थिक वृद्धि पनि साढे १ प्रतिशतसम्म खुम्चनेछ ।

नेपालका सन्दर्भमा अर्थतन्त्रको खम्बा नै रेमिट्यान्स हो । गत आर्थिक वर्षमा ८ खर्बको रेमिट्यान्स भित्रिएको थियो । तर चालू वर्षको माघ सम्मको अवधिमा ०.५ प्रतिशतले घटेर ५ खर्ब ३१ अर्ब रुपैयाँ मात्रै रेमिट्यास भित्रिएको छ । अहिले त झन् नेपालीको वैदेशिक रोजगारीको मुख्य गन्तव्य मुलुक सहित स्वदेशमै पनि उद्योग धन्दा र कलकारखाना बन्दछ, जसले गर्दा त्यहाँ कार्यरत मजदुर कामविहीन छन् । त्यसले रेमिट्यान्स आय घट्ने निश्चित छ ।

८ खर्ब रुपैयाँ बराबरको ६ हजारभन्दा बढी निर्माण आयोजनाहरूको काम रोकिएको छ । त्यहाँ ज्यालादारीमा काम गर्ने १७ लाखभन्दा बढी मजदूर कामविहीन छन् । मल, विषादीको अभाव र ढुवानी बन्द हुँदा कृषि क्षेत्रमा पनि यसको प्रभाव परेको छ ।

त्यस्तै, नेपालको बैदेशिक मुद्रा आर्जनको अर्को महत्वपूर्ण क्षेत्र पर्यटनमा यसको प्रभाव झन् भयावह छ । नेपाल पर्यटन बोर्डले अहिले गरिरहेको अध्ययनको प्रारम्भिक तथ्यांक अनुसार २० हजार उद्योग, फर्महरू सञ्चालनमा रहेकामध्ये सबै बन्द छ, जसले गर्दा बैंकबाट लिएको ऋणको साँवा, ब्याज भुक्तानीमा समस्या परेको गुनासो बढ्दो छ । एक अध्ययन अनुसार १ जना विदेशी पर्यटक नेपाल आउँदा कम्तीमा ९ जनाले रोजगारी पाउँछन् । तर कोरोनाको त्रासले मानिस घुम्न ननिस्कने अवस्था लामै समयसम्म रहनेछ ।

अर्को तर्फ साना–मझौलादेखि ठूला उद्योगहरू बन्द छन् । अत्यावश्यक बाहेक अन्य सामग्री उत्पादन र वितरणको चक्र खल्बलिएको छ । त्यहाँ भएको खबौंको लगानी र लाखौं श्रमिकको रोजीरोटी संकटमा छ । ८ खर्ब रुपैयाँ बराबरको ६ हजारभन्दा बढी निर्माण आयोजनाहरूको काम रोकिएको छ । त्यहाँ ज्यालादारीमा काम गर्ने १७ लाखभन्दा बढी मजदूर कामविहीन छन् । मल, विषादीको अभाव र ढुवानी बन्द हुँदा कृषि क्षेत्रमा पनि यसको प्रभाव परेको छ । बजार पहुँच र आपूर्तिको अवस्था अस्तव्यस्त छ ।

रोगभन्दा पनि भोकको बढी डर छ । अर्को कुरा राहत वितरणमा जनप्रतिनिधिले सामान्य मानवीय व्यवहार नदेखाएको गुनासो चुलिँदो छ । यस्ता व्यवहारले सरकारप्रति नागरिकको विश्वास खस्कँदो छ ।

यो अवस्थामा अबका केही महिना अधिकांश नागरिकलाई जीविका चलाउनै हम्मेहम्मे पर्नेछ । अवस्था सहज भई उद्योगहरू सञ्चालनमा आए पनि टेलिभिजन, मोबाइल, गाडी, मोटरसाइकल, लत्ताकपडा लगायतका सामग्री खरिद गर्ने क्षमता र मनस्थिति हुनेछैन । त्यसले गर्दा लामै समयसम्म त्यस्ता उद्योगहरू प्रभावित हुनेछन् । यो अवस्था जति लम्बिन्छ, त्यो हाम्रा लागि मात्र होइन, विश्वकै लागि संकटपूर्ण बन्दै जाने छ । अहिले नै विभिन्न ग्रामीण इलाकाबाट मजदुरीका लागि शहर पसेकाहरू रोजगारी गुमाएपछि सयौं किलोमिटर हिँडेरै घर फर्किएका दृश्य दैनिक टेलिभिजन, पत्रपत्रिका र अनलाइनहरूमा देखिनु सामान्य हुन थालेको छ । उनीहरूमा रोगभन्दा पनि भोकको बढी डर छ । अर्को कुरा राहत वितरणमा जनप्रतिनिधिले सामान्य मानवीय व्यवहार नदेखाएको गुनासो चुलिँदो छ । यस्ता व्यवहारले सरकारप्रति नागरिकको विश्वास खस्कँदो छ ।

यी समस्या देखिरहदा यसले केही सम्भावनाहरूको ढोका पनि खोलिलिएको छ । अहिले नै थुप्रै युवाहरू गाउँगाउँमा छन् । त्यहाँ उनीहरू लकडाउनको पालना गरी घरभित्रै बसिरहेका मात्रै छैनन्, थोरबहुत कृषि कर्म गरेर अभिभावकलाई सघाइरहेका छन् । यो महामारी बढ्दै गए वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरू स्वदेश फर्कने छन् । अहिले गाँउगाउँमा लाखौं हेक्टर जमिन बाँझो छ । ती युवालाई कृषि सहित अन्य उद्योगमा आकर्षित गर्न सक्ने अवस्था छ ।

यसका बाबजुत एक दशक लामो सशस्त्र द्वन्द्व, वर्षौंको राजनीतिक अस्थिरता, भूकम्प र त्यसपछिको नाकाबन्दी पश्चात् दु्रत आर्थिक गतिमा अघि बढेको नेपाललाई ठेस लागेको छ । सन् २०३० को दिगो विकास लक्ष्य हासिल गरी मध्यम आय भएको मुलुक बन्ने लक्ष्य पूरा गर्न मुश्किल छ । तर अहिलेको संकटबाट उठ्ने साहस गर्नुपर्नेछ । त्यसका लागि पहिले नागरिक बाच्नुपर्छ भन्ने सरकारले बुझ्नुपर्छ । नागरिकलाई बचाउन र उद्योगहरू बचाई राख्न तत्काल राहतको ठोस प्याकेज ल्याउनुपर्छ । र, विकासको निश्चित योजना सहित अघि बढ्नुपर्छ । अन्यथा आर्थिक–राजनीतिक लगायत अस्थिरता सृजना भई मुलुकको भविष्य अधोगतितर्फ उन्मुख हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x