Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

५० प्रतिशत पारिश्रमिक दिने निजीक्षेत्रका छाता संगठनको सहमति

५० प्रतिशत पारिश्रमिक दिने निजीक्षेत्रका छाता संगठनको सहमति

काठमाडौं, ८ वैशाख । लकडाउनका कारण बन्द भएका उद्योग प्रतिष्ठान अन्ततः आफ्ना कर्मचारी तथा श्रमिकलाई ५० प्रतिशत पारिश्रमिक दिन सहमत भएका छन् । विगत १०÷११ दिनदेखि निरन्तर छलफलमा रहेका निजीक्षेत्रका तीनओटै संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले उद्योग प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा श्रमिकलाई हाल कायम पारिश्रमिकको आधा हिस्सा अर्थात् ५० प्रतिशत पारिश्रमिक दिन सहमत भएका हुन् ।
महासंघअन्तर्गत रहेको रोजगारदाता परिषद्ले बन्द लकडाउनका कारण बन्द रहेका उद्योगहरूमा आश्रित श्रमिक तथा कर्मचारीलाई कसरी तलब व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्दै आएको थियो । यस्तै मजदुरहरुका छाता संगठनहरुले पनि रोजगारदाता र श्रमिकको सहमतिमा पारिश्रमिक निर्धारण तय गर्न सुझाउँदै आएका छन् भने लकडाउनका अवधिमा मजदूरहरूलाई संकटमा नपार्न पनि उनीहरूले आग्रह गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x