Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कामना सेवा बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग

कामना सेवा बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग

बागलुङ, ८ वैशाख । कामना सेवा विकास बैंकले बागलुङको मानव सेवा आश्रमलाई सोमवार खाद्यान्न सहयोग गरेको छ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कारण देश लकडाउन भएकाले आश्रममा आश्रितहरूलाई खाद्यान्न अभाव हुन नदिन सहयोग गरेको बैंकले जनाएको छ ।
बैंकका सवै कर्मचारीको एक दिनको तलबबाट २२ हजार बराबरको खाद्यान्न सहयोग गरेको बैंकका शाखा प्रबन्धक ध्रुव पौडेलले जानकारी दिए । बैंकका धौलागिरी क्षेत्र प्रमुख टंकनाथ लामिछाने, बागलुङ शाखा प्रबन्धक पौडेल, बागलुङ नगरपालिका–३ की वडाअध्यक्ष लक्ष्मी बाँस्कोटाले आश्रमकी अभियन्ता सुमिरा लामालाई चामल, नुन, चाउचाउ लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x