Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

८ महिनामा वस्तु निर्यात २२.३ प्रतिशतले बढ्यो, आयात भने २.६ प्रतिशतले कमि

८ महिनामा वस्तु निर्यात २२.३ प्रतिशतले बढ्यो, आयात भने २.६ प्रतिशतले कमि

काठमाडौं, ८ वैशाख । चालु आर्थिक वर्षको ८ महिनामा मुलुकको वस्तु निर्यात २२.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ८ महिनामा ७४ अर्ब ९१ करोड रुपैयाँको वस्तु निर्यात भएको हो ।

सो अवधिमा आयात भने २.६ प्रतिशतले घटेको छ । ९ खर्ब २४ अर्ब २४ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत वर्ष आयात २३.८ प्रतिशतले बढेको थियो ।

सो अवधिमा रेमिट्यान्स आय पनि १.८ प्रतिशतले वृद्धि भई५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको अवधिमा २३.४ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको ८ महिनामा चालु खाता घाटा १ खर्ब २४ अर्ब रुपैयाँ छ । अघिल्लो वर्ष यो खाता १ खर्ब ९१ अर्ब रुपैयाँ घाटामा थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x