कृषि विकास बैंकको शेयर मुल्य समायोजन

काठमाडौं, १५ माघ । लाभांश प्रयोजनका लागि नेपाल स्टक एक्सचेन्जले कृषि विकास बैंकको शेयर मुल्य समायोजन गरेको छ । नेप्सले बैंकको शेयर ३४६ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार बैंकको शेयर आधार मुल्य ४३३ रुपैयाँ रहेको छ ।

बैंकले माघ २९ गते ११औं वार्षिक साधारण सभामा शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर तिर्नको लागि १.५३ प्रतिशत नगद लाभंश दिने भएको छ । बोनस शेयरसंगै बैंकले नेपाल सरकारको हाल कायम फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशत हुने आउने नगद लाभांश समेत दिने जनाएको छ । सोहि बोनस शेयरको लागि शेयर मुल्य समायोजन भएको हो ।

बोनस शेयर र वार्षिक साधारण सभाका लागि बैंकले माघ १५ देखी २९ गतेसम्म शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर सुरक्षित गर्न शेयरलगानीकर्ताहरुले माद्ध १४ गतेसम्ममा बैंकको शेयर खरिद गर्नुपर्दछ ।

कृषि विकास बैंकले प्रस्ताव गरेको बोनस शेयर पछि चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ७ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *