Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

आजबाट बुटवल पावर कम्पनीको एफपिओ, माघ १९ सम्म आवेदन दिन सकिने

आजबाट बुटवल पावर कम्पनीको एफपिओ, माघ १९ सम्म आवेदन दिन सकिने

काठमाडौं, १५ माघ । बुटबल पाबर कम्पनीको थप शेयर निष्कासन एफपिओ आज माघ १५ गतेबाट बिक्री खुल्ला भएको छ । उक्त थप शेयर निष्कासनको बिक्री बन्द छिटोमा माघ १९ गते र ढिलोमा फागुन १५ गते रहेको छ ।

कम्पनीले ५०१ रुपैयाँमा ४० लाख ८१ हजार कित्ता थप शेयर निष्कासन गरेको छ । कम्पनीले ४०१ रुपैयाँ प्रिमियममा थप शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले थप शेयर निष्कासनको लागि बिक्री प्रवन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । यस थप शेयर निष्कासनको लागि लगानीकर्ताहरुले न्युनतम १० कित्ता र अधिकत्तम बिस हजार चार सय कित्ता आवेदन दिने सकिने जनाइएको छ ।

थप शेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ पुग्ने बताइएको छ । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले २७.६ मेगावाटको कावेली ए जलविद्युत आयोजना र ३० मेगावाटको ङादी जलविद्युत आयोजना निमार्णको लागि थप शेयर निष्कासन गर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x