सेयर बजार ३.७२ अंकले घट्यो, २८ करोड बराबरको कारोबार

काठमाडौं, १५ माघ । सोमबार सेयर बजार ३.७२ अंकले घटेर १४०२.२३ बिन्दुमा झरेको छ । सोमबार कारोबारमा आएका एक सय ६० कम्पनीको २८ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस अवधीमा व्यापार र हाइड्रोपावर बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेको छ । व्यापार समूहको परिसूचक ६.३३ र हाइड्रोपावर १.१४ अंकले बढेको छ । तर होटल समूहको परिसूचक भने सबैभन्दा बढी २१.३६ अंकले घटेको छ ।

यसअवधीमा नेपाल लाईफ इन्स्योरेन्सको सबैभन्दा धेरै किता सेयर कारोबार भयो । सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने मल्टिपरपोज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *