Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अत्यावश्यक खाद्य उद्योगको उत्पादन ५० प्रतिशतसम्म घट्यो

अत्यावश्यक खाद्य उद्योगको उत्पादन ५० प्रतिशतसम्म घट्यो

काठमाडौं, १४ वैशाख । सरकारले खाद्य उद्योग सञ्चालनका लागि सरकारले अनुमति दिए पनि उपयुक्त वातावरण तयार नहुँदा यस्ता उद्योगहरुको उत्पादन क्षमता घटेको छ । कामदार, पूर्वाधार, कच्चापदार्थ लगायतको व्यवस्थापन नहुँदा चामल, दाल, तेल उत्पादक समग्र उद्योगले ५० प्रतिशतको हाराहारीमा मात्र उत्पादन गरिरहेको बताइएको छ ।
उद्योग सञ्चालनका लागि विभिन्न सहायक तत्वहरुको व्यवस्थापन हुन नसक्दा दिन प्रतिदिन उद्योगहरूको उत्पादन क्षमता घट्दै गएको चामल, तेल, दाल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताको भनाइ छ । ‘हाल कुनै पनि खाद्य उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन्,’ उनले भने, ‘सञ्चालनमा रहेका ४० प्रतिशत उद्योगले पनि न्यून क्षमतामा उत्पादन गरिरहेका छन् ।’
सामान्य अवस्थामा नेपालमा सञ्चालित खाद्यान्न उद्योगहरूले वार्षिक कुल मागको करीब ६० प्रतिशत चामल, ६२ प्रतिशत दाल र ३५ प्रतिशत तेल उत्पादन गर्ने संघले बताएको छ ।
उद्योगका लागि चाहिने आवश्यकीय कच्चा पदार्थ र सहायक वस्तुहरूको अभाव दिनदिनै बढिरहेको उद्योगीहरूको भनाइ छ । सरकारले खाद्यान्न उद्योग सञ्चालनका लागि अनुमति त दिए पनि यतिले मात्र पर्याप्त नहुने व्यवसायी बताउँछन् । खाद्य उद्योगका लागि आवश्यक बोरा, प्लास्टिक र कार्टोनलगायत उद्योगहरू पनि चल्नुपर्ने, तर यस्ता उद्योग बन्द हुँदा समस्या भएको उनीहरुको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x