Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गुराँस लाइफको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

गुराँस लाइफको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं, १४ बैशाख । गुराँस लाइफ इन्स्योरेन्स् लिमिटेडको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । यो सँगै गुराँस लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बिमितले आफ्नो नियमित बीमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सक्ने छन् ।

यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सक्ने इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले जानकारी दिए । गुराँस लाइफ इन्स्योरेन्स्ले विभिन्न जीवन बीमा योजना सञ्चालन गरिरहेको छ । कम्पनीले मुलुकभर ७६ वटा शाखा मार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x