Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सनराईज बैंकद्वारा पर्वत र धौलागिरी अस्पताललाई पीपीई प्रदान

सनराईज बैंकद्वारा पर्वत र धौलागिरी अस्पताललाई पीपीई प्रदान

काठमाडौं, १५ बैशाख । संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट बच्न सनराईज बैंकले देशभरका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गर्दै आएको छ ।

पछिल्लो समय सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको पर्वत शाखाले पर्वत अस्पताल र धौलागिरी अस्पतालमा २५ थान पीपीई हस्तान्तरण गरेको छ । उक्त सामाग्री धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बिक र पर्वतमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी र मेडिकल सुपरिटेन्डेन डा. शिशिर देवकोटालाई हस्तान्तरण गरिएको हो ।

हालसम्म बैंकले देशभरका विभिन्न अस्पतालमा ५ सय ५० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ । अन्य ठाउ‘हरुमा समेत उपलब्ध गराउदै जाने बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x