काठमाडौं महानगरमा पसल खोल्ने समय बिहान ६–१० निर्धारण, ‘लकडाउनलाई सघाउन र एकरूपताका लागि उक्त निर्णय : महानगर
काठमाडौं, १५ वैशाख । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका पसल लडकडाउन अवधिभर बिहान ६ देखि १० बजेसम्म खुला गर्ने निर्णय गरेको छ । आइतवार बसेको महानगरपालिकाको ४४औं बोर्ड बैठकले आज (सोमवार)देखि लागू हुनेगरी उक्त निर्णय गरेको महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले अर्थको अर्थलाई बताइन् ।
यसअघि महानगर क्षेत्रमा दैनिक उपभोग्य लगायत वस्तुको पसल खोलिए पनि समयको एकरूपता नभएकाले यसलाई व्यवस्थित गर्न समयसीमा निर्धारण गरिएको महानगरपालिकाकी उपप्रमुख खड्गीको भनाइ छ । महानगरपालिकाले पहिले नै यस्तो निर्णय गर्नुपर्ने भए पनि आपसी समन्वय हुन नसक्दा बैठक बस्न नसकेको र आइतवारको बैठकबाट ढिलै भए पनि सो निर्णय गराउन आफूले पहल गरेको उनको भनाइ छ । अबदेखि महानगरपालिकाका ३२ ओटै वडामा पसलहरू एकै समयमा खुल्ने–बन्द हुने उनले बताइन् ।
यस्तै महानगरपालिकाका प्रमुख विद्यासन्दर शाक्यले सरकारले गरेको लकडाउनलाई साथ दिँदै उपभोक्ताको सहजताका लागि एउटै समय निर्धारण गरिएको बताए । लकडाउनका बेला पसल जाने बहानामा मानिसहरु विनाप्रयोजन हिँड्ने गरेको, लकडाउन उल्लंघन गरेको भन्ने जस्ता गुनासाहरु आएकाले त्यसलाई व्यवस्थित गर्न ६–१० सम्म मात्र पसल खुला राख्न दिने निर्णय गरिएको उनको भनाइ छ । महानगरपालिकाले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रनिनिधि लगायतको समन्वयमा महानगरका पसलहरू उक्त समयसीमा खुला राख्ने निर्णय गरेको उनले बताए । ‘सबै वडामा एकै समयवधिमा पसल खोलेर उपभोक्तालाई सहज बनाउने र सरकारले गरेको लकडाउनमा पनि साथ दिन यस्तो व्यवस्था गरिएको हो,’ उनले भने । महानगरको उक्त निर्णयले पसल जाने नाममा घुम्न जाने, अन्यत्र निस्कने जस्ता गतिविधि रोकिने अपेक्षा गरिएको उनको भनाइ छ । प्रभाकाठमाडौं, १५ वैशाख । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका पसल लडकडाउन अवधिभर बिहान ६ देखि १० बजेसम्म खुला गर्ने निर्णय गरेको छ । आइतवार बसेको महानगरपालिकाको ४४औं बोर्ड बैठकले आज (सोमवार)देखि लागू हुनेगरी उक्त निर्णय गरेको महानगरपालिकाकी उपप्रमुख हरिकला खड्गीले अर्थको अर्थलाई बताइन् ।
यसअघि महानगर क्षेत्रमा दैनिक उपभोग्य लगायत वस्तुको पसल खोलिए पनि समयको एकरूपता नभएकाले यसलाई व्यवस्थित गर्न समयसीमा निर्धारण गरिएको महानगरपालिकाकी उपप्रमुख खड्गीको भनाइ छ । महानगरपालिकाले पहिले नै यस्तो निर्णय गर्नुपर्ने भए पनि आपसी समन्वय हुन नसक्दा बैठक बस्न नसकेको र आइतवारको बैठकबाट ढिलै भए पनि सो निर्णय गराउन आफूले पहल गरेको उनको भनाइ छ । अबदेखि महानगरपालिकाका ३२ ओटै वडामा पसलहरू एकै समयमा खुल्ने–बन्द हुने उनले बताइन् ।
यस्तै महानगरपालिकाका प्रमुख विद्यासन्दर शाक्यले सरकारले गरेको लकडाउनलाई साथ दिँदै उपभोक्ताको सहजताका लागि एउटै समय निर्धारण गरिएको बताए । लकडाउनका बेला पसल जाने बहानामा मानिसहरु विनाप्रयोजन हिँड्ने गरेको, लकडाउन उल्लंघन गरेको भन्ने जस्ता गुनासाहरु आएकाले त्यसलाई व्यवस्थित गर्न ६–१० सम्म मात्र पसल खुला राख्न दिने निर्णय गरिएको उनको भनाइ छ । महानगरपालिकाले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रनिनिधि लगायतको समन्वयमा महानगरका पसलहरू उक्त समयसीमा खुला राख्ने निर्णय गरेको उनले बताए । ‘सबै वडामा एकै समयवधिमा पसल खोलेर उपभोक्तालाई सहज बनाउने र सरकारले गरेको लकडाउनमा पनि साथ दिन यस्तो व्यवस्था गरिएको हो,’ उनले भने । महानगरको उक्त निर्णयले पसल जाने नाममा घुम्न जाने, अन्यत्र निस्कने जस्ता गतिविधि रोकिने अपेक्षा गरिएको उनको भनाइ छ ।