Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

कोरोनाको पाठ : विपद्का लागि बचत संस्कार

कोरोनाको पाठ : विपद्का लागि बचत संस्कार

यतिबेला सिङ्गो विश्व कोरोना भाइरसविरुद्ध लड्दै छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको यो भाइरसबाट संसारका २ सय १० भन्दा बढी देश प्रताडित छन् । भाइरसको कारण ज्यान गुमाउने र संक्रमित हुनेहरूको संख्या दैनिक हजारौंले बढिरहेको छ । नेपालमा पनि यो भाइरसले महामारीकै रूप नलिए पनि संक्रमण फैलँदो क्रममा छ । संक्रमणबाट जोगाउन सरकारले चैत ११ देखि लकडाउन (बन्दाबन्दी) वैशाख २५ सम्मका लागि कायम छ ।

भनाइ नै छ ‘मानिसको जीवनमा दुःखको सबैभन्दा ठूलो अंश व्यक्ति आफैले आर्जिने हो ।’ त्यसकारण भावी जीवन सहज बनाउन हामी आफैले उपयुक्त कदम चाल्नुपर्छ । त्यसका लागि बचत संस्कारको विकास पहिलो शर्त हो ।

लकडाउनका कारण आमनागरिक घरमै बस्न बाध्य छन् । अर्थतन्त्र शिथिल बन्दै गएको छ । उद्योगधन्दा बन्द हुँदा लाखौंको रोजगारी गुमेको छ । लडकाउनको कारण सबैभन्दा धेरै मर्कामा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरू परेका छन् । लकडाउनले काम बन्द हुँदा बिहान बेलुकाको छाक टार्न मुश्किल परेपछि रोग भन्दा पनि भोकको डरले दैनिक हजारौ मानिसले हिँडेरै राजधानी छोडे । राज्यले दिएको राहत पनि प्रभावकारी नभएको पीडितहरूको गुनासो छ ।

उसो त कोरोनाको त्रास फैलँदै जाँदा हामी अनपेक्षित अवस्थामा पुगेका छौं । सोही कारण कोरोनाले मुलुकको अर्थतन्त्रसँगै मानिसको जीवनशैलीमा पनि ठूलै परिवर्तन ल्याउने निश्चित छ । यो कठिन परिस्थितिमा पनि जीवन कसरी सहज बनाउने भन्नेबारे मार्गदर्शन गर्नेछ । भनाइ नै छ ‘मानिसको जीवनमा दुःखको सबैभन्दा ठूलो अंश व्यक्ति आफैले आर्जिने हो ।’ त्यसकारण भावी जीवन सहज बनाउन हामी आफैले उपयुक्त कदम चाल्नुपर्छ । त्यसका लागि बचत संस्कारको विकास पहिलो शर्त हो ।

भोलि कुनै दिन यस्तै अवस्था सृजना भए जीवन कसरी चलाउने भन्ने गतिलो पाठ सिकाएको छ । जति कमाएको छ, सबै खर्च गर्न हुँदैन । जीविकोपार्जनका लागि थोरै–थोरै भए पनि बचत गर्नुपर्छ भन्ने सिकाएको छ, अर्थात् कोरोनाले जीवन जिउने कला सिकाएको छ ।

वित्तीय साक्षरता सम्बन्धी सचेतना अभिवृद्धि गर्दै आएको संस्था फिनलिट नेपालको अध्ययन अनुसार नेपालमा सबैभन्दा धेरै कमाइ गर्ने समूहमा दैनिक ज्यालादारीमा गर्नेहरू पर्छन् । तर अहिले यो अवस्थामा सबैभन्दा बढी समस्यामा तिनै समूह परे । यसको प्रमुख कारण बचत संस्कारको कमी हो । उनीहरूमा बचतको संस्कार नै छैन, बैंकमा खाता पनि छैन, त्यसपछि बचत गर्ने त कुरै भएन ।
यदि दैनिक कमाइको केही हिस्सा बचत गरेको भए । सरकारी राहतविना भोकभोकै दिनचर्या गुजार्नुपर्ने अवस्था आउने थिएन । त्यसकारण अब उनीहरूले पनि आफ्नो जीवनशैलीमा परिवर्तन गर्न आवश्यक छ । भोलि कुनै दिन यस्तै अवस्था सृजना भए जीवन कसरी चलाउने भन्ने गतिलो पाठ सिकाएको छ । जति कमाएको छ, सबै खर्च गर्न हुँदैन । जीविकोपार्जनका लागि थोरै–थोरै भए पनि बचत गर्नुपर्छ भन्ने सिकाएको छ, अर्थात् कोरोनाले जीवन जिउने कला सिकाएको छ ।

उसो त, आम्दानी हुँदैमा बचत हुन्छ र गर्न सकिन्छ भन्ने होइन । तर उनीहरूमा आम्दानी अनुसारको बचत निकै न्यून छ । हातमा भएको रकम अभावको बेला खर्च गरौंला भनेर रहँदैन । अभावको बेला काम लाग्ने भनेको बचत नै हो । त्यसकारण आम्दानीलाई प्राथमिकता र आवश्यकता हेरेर मात्र खर्च गरौं । किनमेलमा बजारिया र देखासिकी प्रवृत्ति त्यागौं ।
बचत संस्कार र वित्तीय पहुँच अभिवृद्धिका लागि सरकारले हरेक नेपालीको बैंक खाता अभियान संचालन पनि ग¥यो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो समय झन्डै ३ करोड जतिको बैंक खाता छ । सहकारीमा खाता खोलेकालाई पनि जोड्ने हो भने ८० प्रतिशत जनता वित्तीय कारोबार गर्छन् । यतिमात्र होइन, संघीयताको अवलम्बनसँगै हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा पु¥याउनुपर्ने छ । नेपाल राष्ट्र बैंकका अनुसार ७ सय ५३ स्थानीय तह मध्ये चालू वर्षको ८ महिनासम्मको अवधिमा ७ सय ४६ स्थानीय तहमा शाखा खुलिसकेको छ ।
अब सरकार र बैंक तथा वित्तीय संस्थाहरूले नागरिकलाई बैंकसम्म ल्याउन पहल गर्नुपर्छ । ग्रामीण क्षेत्रमा मानिसमा मात्र होइन, शहरकै पनि केही मानिसमा बैंक भनेको धनीका लागि मात्र हो भन्ने भावना छ । त्यसका लागि जनतालाई बैंक, बचत कर्जाबारे थप साक्षर बनाउनुपर्छ ।

सानै देखिको बचतले ठूलो भएपछि ठूलो सहयोग पुग्छ । अझ अहिले त झन् बचतका लागि टाढा धाउनुपर्ने अवस्था छैन । शहरका हरेक गल्ली गल्लीमा बैंकको शाखा छ । ग्रामीण भेगका पनि बैंकको शाखा खुल्दै छ । त्योसँगै केही सहकारीले दैनिक, साप्ताहिक र मासिक घरमै गएर बचत संकलन गर्ने गरेका छन् ।

निरक्षेर र अर्धसाक्षरहरूको मात्र कुरा होइन । युवाहरूको पनि बैंकमा खाता निकै कम छ । कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा युवाको छ । तर फिनलिटको अध्ययन अनुसार ५० प्रतिशत भन्दा कम युवाको मात्र बैंकमा खाता छ । स्कूल तहमा अध्ययन गर्ने बालबालिकाहरूका लागि त बचत खासै चासोको विषय नै बनेको छैन । ठूलो भएपछि पैसा कमाउनुपर्छ, धनी बन्नुपर्छ भन्ने सपना सबैमा छ । तर त्यसका लागि पनि बचत गर्नुपर्छ भन्ने पाठ सिकाइएको छैन । ठूलो भएपछि रोजगारी गरेर वा कुनै व्यवसाय गरेर मात्रै पैसा कमाएपछि बचत गर्ने होइन । सानैदेखि पनि पैसा कमाउन र बचाउन सकिन्छ । सानै देखिको बचतले ठूलो भएपछि ठूलो सहयोग पुग्छ । अझ अहिले त झन् बचतका लागि टाढा धाउनुपर्ने अवस्था छैन । शहरका हरेक गल्ली गल्लीमा बैंकको शाखा छ । ग्रामीण भेगका पनि बैंकको शाखा खुल्दै छ । त्योसँगै केही सहकारीले दैनिक, साप्ताहिक र मासिक घरमै गएर बचत संकलन गर्ने गरेका छन् ।

अर्को कुरा, हाम्रो नेपालको अर्थतन्त्रको मूल खम्बा रेमिट्यान्स हो । वार्षिक रोमिट्यान्सबाट अर्बौं रुपैयाँ नेपाल भित्रिन्छ । तर, त्यसको सही सदुपयोग भएको छैन । कुल रेमिट्यान्स आयको २३ प्रतिशत खाद्यान्न र लत्ताकपडा खरिदमा खर्च हुने गरेको नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनले देखाएको छ । त्यस्तै, २५ प्रतिशत ऋण तिर्न खर्च हुन्छ । १ प्रतिशत मात्रै उत्पादनमूलक क्षेत्रमा लगानी भएको छ । बाँकी अरू पनि खर्चै भएको छ ।

अतः खर्चको केही रकमलाई कटौती गरी केही रकम बचत गर्न आवश्यक छ । अहिले जस्तै संकट भोलिका दिनमा नआउला भन्न सकिन्न् । त्यो बेला भोकभोकै बस्नुपर्ने वा सरकारी राहत कहिले आउला भनेर कुर्नुपर्ने बाध्यताबाट मुक्तिका लागि पनि बचत संस्कारको विकास गर्नुपर्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x