Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

‘ई@नबिल’ कर्पोरेट इन्टरनेट बैंकिङ सुभारम्भ

‘ई@नबिल’ कर्पोरेट इन्टरनेट बैंकिङ सुभारम्भ

काठमाडौं, १५ वैशाख । आफ्ना व्यावसायिक ग्राहकलाई कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले ‘ई@नबिल’ कर्पोरेट इन्टरनेट बैंकिङ’ सेवा संचालनमा ल्याएको छ । ई२नबिल एसएमई, मीड कर्पोरेट तथा ठूला कर्पोरेटहरूलाई प्रदान गरिने इन्टरनेट बैंकिङ सेवा भएको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
‘ई@नबिल’ मार्फत हाम्रा ग्राहकवर्गले नबिल बैंकमा खाता भएका ग्राहकलाई स्वयम् नै रकम भुक्तानी गर्न सक्नेछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै ग्राहकले देशका अन्य बैंक तथा वित्तीय संस्थामा रहेका खातामा पनि सजिलै भुक्तानी गर्नुका साथै बैंक शाखामा नआई आºनै कार्यालयबाट थोक भुक्तानी समेत गर्न सक्नेछन् ।’
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले ‘ई@नबिल’ व्यावसायिक ग्राहकवर्गलाई सरल, सहज र छिटो वित्तीय सेवा प्रदान गर्ने उत्कृष्ट प्रणाली बताए । नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ११८ शाखा र १७५ एटिएम काउण्टर रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x