Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने, प्रयोगशालाले मन्त्रालयबाट छुट्टै अनुमति भने लिनुपर्ने

निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने, प्रयोगशालाले मन्त्रालयबाट छुट्टै अनुमति भने लिनुपर्ने

काठमाडौं, १६ वैशाख । नेपालमा अबदेखि निजी प्रयोगशालाले पनि कोरोना (कोभिड १९)को परीक्षण गर्न पाउने भएका छन् । मापदण्ड पूरा गरेका निजी प्रयोगशालाले कोरोनाका सम्भाव्य बिरामीको स्वाबको नमूना परीक्षण गर्न पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । तर, सञ्चालन मापदण्ड पूरा गर्ने प्रयोगशालाले मन्त्रालयबाट छुट्टै अनुमति भने लिनुपर्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
सोमवार मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. देवकोटाले अब निजी प्रयोगशालाले पनि कोभिड १९ को परीक्षणका लागि बाटो खुला भएको बताए । कोभिड परीक्षणका लागि मन्त्रालयले प्रयोगशालाको न्यूनतम मापदण्डको निर्देशिका जारी गरिसकेको छ ।

सोमवारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ, जसमा १६ जना निको भएसकेका छन् । सोमवारसम्म नेपालमा आरडीटी विधिबाट ४३ हजार ६३ नमूना र पीसीआर विधिबाट १० हजार ४ सय ७१ परीक्षण भएको छ । दुवै विधिबाट हालसम्म ५३ हजार ५ सय ३४ ओटा परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए । मन्त्रालयका अनुसार काठमाडौंमा ८ र काठमाडौं बाहिर ९८ जना गरी हालसम्म देशभर १०६ जना आइसोलेसनमा छन् । यस्तै २० हजार १९५ जना क्वारेन्टाइनमा रहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x