Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

ईयुको सहयोग कोभिड–१९ को असर विरुद्ध प्राथमिकीकरण, नेपाललाई ९.८ अर्ब

ईयुको सहयोग कोभिड–१९ को असर विरुद्ध प्राथमिकीकरण, नेपाललाई ९.८ अर्ब

काठमाडौं, १६ वैशाख । युरोपेली संघ (ईयु)ले आफ्नो सहयोगलाई पुनःप्राथमिकीकरण गरी नेपाललाई कोरोना भाइरस महामारी (कोभिड–१्९) को असर न्यूनीकरणका लागि ७ करोड ५० लाख युरो अर्थात् ९ अर्ब ८० करोड रुपैयाको सहायता प्रस्ताव गरेको छ । कोरोना भाइरस महाव्याधि प्रकोपसँग जुझ्न र यसको असर न्यूनीकरणका लागि ईयुले आफूले दिदैं आएको सहयोग पुनःप्राथमिकीकरण गरेको हो । यसअघि नै प्रतिवद्धता भैसकेको सहयोगमा केही थप गरी ईयुले नेपाललाई सहयोग दिनेछ । जुन बजेटमार्फत् परिचालन हुनेछ अर्थात् बजेटरी सहयोगको रुपमा सरकारले नै कोरोना भाइरसको असर न्यूनीकरणका लागि खर्च गर्न सक्छ ।
नेपालका लागि युरोपेली संघकी राजदूत वरोनिका कोडीले नेपाल र युरोपेली संघ बीचको लामो समयदेखिको मित्रता रहेको उल्लेख गर्दै विद्यमान संकटबाट जोखिमयुक्त समुदायमा पर्ने असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय साझेदारी र ऐक्यवद्धता अझ सशक्त हुनुपर्ने बताएकी छिन् ।
विश्वभर नै ईयुले आफ्ना साझेदार मुलुकहरुमा कोरोना भाइरसको महामारीसँग लड्न सघाइरहेको छ । यसका सदस्य राष्ट्रहरु र वित्तिय संस्थाबाट स्रोत एकट्ठा गरेर ईयुले आफ्ना साझेदार देशहरुलाई सहयोग गर्न २० अर्ब युरोको प्याकेज बनाएको छ । यो ‘तत्कालीन स्वास्थ्य आवश्यकता सम्बोधन र आर्थिक पुनःस्थापना’का लागि हो । युरोपेली कमिसनले ४ मे (२२ वैशाख) मा विश्वव्यापी अनलाइन प्रतिवद्धता सम्मेलन मार्फत् कोरोना भाइरस विरुद्धको भ्याक्सिन विकासमा सहयोग गर्न आग्रह गर्नेछ ।
नेपाललाई ईयुले प्रस्ताव गरेको ९.८ अर्ब रुपैयाँमध्ये ७.२ अर्ब यसअघिको प्रतिवद्धताबाट प्राथमिकता परिवर्तन गरिएको हो भने २.६ अर्ब अर्थात् २ करोड युरो थप सहयोग दिन लागेको हो । यसले तत्कालीन स्वास्थ्य आवश्यकता सम्बोधन र आर्थिक पुनःस्थापना गर्न नेपाललाई सहयोग पुग्ने युरोपेली संघको विश्वास छ । १.६ अर्ब रुपैयाँ सार्वजनिक स्वास्थ्य सेवा सुधार र तयारी योजनाका लागि खर्च गरिनेछ । यसअघि स्वास्थ्य कार्यक्रममा प्रतिवद्धता भएको सहयोगबाट यो रकम खर्च गरिनेछ । स्वास्थ्य संकट सम्बोधन, स्वास्थ्य सम्बन्धित एकत्रित गतिविधि सञ्चालन र लैंगिक हिंसा न्यून्ीकरणमा यो सहयोग परिचालन हुनेछ ।
त्यसैगरी ८.२ अर्ब रुपैयाँ सामाजिक आर्थिक असरहरुलाई सम्बोधनका लागि परिचालन हुनेछ । अर्थतन्त्रलाई गति दिन र रोजगारी वृद्धि गर्न, मानिसहरुको आयेस्तामा टेवा दिन, र जोखिममा रहेकालाई सामाजिक संरक्षणका कार्यक्रम कार्यान्वयनमा खर्च हुने उल्लेख छ ।
यसका अतिरिक्त ईयुले विश्व स्वास्थ्य संगठनलाई पनि १४ अर्ब ९० करोड सहयोग दिएको छ । जसबाट नेपाल लगायत देशमा कमजोर स्वास्थ्य पूर्वाधार भएका देशमा डब्लुएचओले काम गर्ने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x