Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

भूकम्प अतिप्रभावित १४ जिल्लामा पुनर्निर्माणमा सदाचार कार्यक्रम

भूकम्प अतिप्रभावित १४ जिल्लामा पुनर्निर्माणमा सदाचार कार्यक्रम

काठमाडौं, १६ वैशाख । पुनर्निर्माणमा पारदर्शिता कायम गर्न चार वर्षदेखि ‘भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार’ कार्यक्रम जारी रहेको छ । भूकम्प अतिप्रभावित गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभे्रपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा नीति–निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहकार्य गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ) नेपालले विसं २०७३ देखि सञ्चालन गरेको कार्यक्रमले पारदर्शिता कायम गर्न सहयोग गरेको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा सरकार, स्थानीय तह र साझेदार संस्थाबाट भएका पुनःनिर्माण र पुनःस्थापनाका कार्यमा जबाफदेहीता, पारदर्शिता र गुणस्तर कायम गर्ने उद्देश्यले कार्यक्रम भइरहेको टीआइ नेपालका कार्यक्रम अधिकृत शारदा नेपालीले राससलाई जानकारी दिए । पुनःनिर्माणसम्बन्धी सरकारी नीति र कार्यक्रममा पारदर्शिता बढाउने, शैक्षिक संस्थाको पुनर्निर्माण समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्ने, पुनर्निर्माणसम्बन्धी सार्वजनिक खरिद पारदर्शी र जवाफदेही बनाउन प्रयास गर्ने टीआइ नेपालको उद्देश्य छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x