Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सर्वोच्चले शुरू गर्‍यो रिट निवेदन दर्ता एवं सुनुवाइ

सर्वोच्चले शुरू गर्‍यो रिट निवेदन दर्ता एवं सुनुवाइ

काठमाडौं, १६ वैशाख । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि केही समय स्थगित गरिएको नयाँ रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया सर्वोच्च अदालतले आजदेखि सुचारु गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार अदालतले मंगलवारदेखि नयाँ रिट निवेदन दर्ता र सुनुवाइ शुरू गरेको हो । सर्वोच्च अदालतको यही वैशाख १४ गते प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठकले रिट निवेदन दर्ता र सोको सुनुवाइ शुरू गर्ने निर्णय गरेको थियो ।
विपद्का बेला सामाजिक दूरी कायम गरी सुरक्षाप्रति सावधानी अपनाउनुपर्ने भएकाले रिट निवेदन दर्ता र सुनुवाइको क्रममा सेवाग्राही, कानून व्यवसायी तथा कर्मचारीसमेत आवागमन र उपस्थितिमा आवश्यक नियमन, नियन्त्रण र व्यवस्थापन अदालत प्रशासनले मिलाउने तयारी गरेको राससमा उल्लेख छ ।
विश्वव्यापीरूपमा फैलिएको कोरोना भइरसको सम्भावित संक्रमणबाट जोगिन सर्वोच्च अदालतको गत चैत ७ गते बसेको पूर्ण बैठकले अतिआवश्यक निवदेन बन्दीप्रत्यक्षीकरण र महामारीसम्बन्धी मात्र सुनुवाइ गर्ने निर्णय गरेको थियो । गत चैत १८ गतेको पूर्ण बैठकले केही आंशिक काममा वृद्धि गरेको थियो । आजदेखि भने रिट निवेदन दर्ता र सुनुवाइसमेत शुरु गरेको छ । नेपाल बार एशोसिएशनले सोमबार आकस्मिक बैठक बसेर प्रेस विज्ञप्ति जारी गरी कानून व्यवसायी र सेवाग्राहीलाई आवागमनमा कठिनाइ हुने भन्दै सर्वोच्च अदालतको पूर्ण बैठकले गरेको निर्णयको विरोध गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x