Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

भैरहवा भन्सारबाट आयात बढ्दै, लकडाउन अवधिमा ४ हजार ५६२ कन्टेनर भित्रिए

भैरहवा भन्सारबाट आयात बढ्दै, लकडाउन अवधिमा ४ हजार ५६२ कन्टेनर भित्रिए

भैरहवा, १६ वैशाख । लकडाउन शुरू भएयता भैरहवा भन्सार हुँदै ४ हजार ५६२ कन्टेनर सामान भारतबाट नेपाल भित्रिएका छन् । पछिल्ला दिनमा भारतबाट दैनिक उपभोग्य खाद्यान्न, तरकारी लगायत वस्तु नेपाल भित्रिने क्रम भैरहवा भन्सार कार्यालयले बताएको छ ।
विशेषगरी एलपी ग्यास, डिजेल, पेट्रोल, खाद्यान्न, तेलहन तथा तेल, आलु, प्याज र तरकारी तथा फलफूल बोकेर आउने कन्टेनर बढी आएको भैरहवा भन्सार कार्यालयका प्रमुुख भन्सार अधिकृत कमलकुमार भट्टराईले जानकारी दिएको राससमा उल्लेख छ । गत आर्थिक वर्ष २०७५÷०७६ को यही अवधि चैत ११ देखि वैशाख ११ सम्म त्यस्तो कन्टेनर ३ हजार ७५७ रहेकोे भन्सार कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालको भनाइ छ ।
लकडाउन शुरू भएपछि राहत वितरण तीव्र हुनु र मानिसमा सामान किनेर भण्डार गर्ने प्रवृत्तिका कारण खाद्य वस्तुको माग तथा आपूर्ति बढेको बताइएको छ । लकडाउनपछि भारतीय तरकारी र खाद्यान्नको माग बढी हुनु तथा नेपालभित्र उत्पादित कृषि वस्तु बजारसम्म पुग्न कठिन भएकाले पनि बढी आयात भएको भैरहवा भन्सार कार्यालयले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x