Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

कोभिड–१९ ले विश्वभर २ लाख ११ हजारभन्दा बढीको मृत्यु, संक्रमितको संख्या ३० लाख नाघ्यो

कोभिड–१९ ले विश्वभर २ लाख ११ हजारभन्दा बढीको मृत्यु, संक्रमितको संख्या ३० लाख नाघ्यो

जेनेभा, १६ वैशाख । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट २ लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।
नेपाली समयअनुसार मंगलवार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा सामान्य कमी आएको एएफपीले बताएको छ । अमेरिकामा संक्रमितको कुल संख्या १० लाख नाघे पनि विभिन्न राज्यमा मानिस लकडाउन र सामाजिक दूरीका नियमहरुको बेवास्ता गर्दै घरबाहिर निस्कन थालेका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार २४ घण्टाको अवधिमा १ हजार ३८४ जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा विश्वमै सबैभन्दा बढी ५६ हजार ८०३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख २४ हजारको हाराहारीमा पुगेको छ ।
युरोपेली मुलुकहरुमा समेत गएको २४ घण्टामा दुई हजारको हाराहारीमा मात्र कोरोनाका बिरामीको मृत्यु भएको र संक्रमितको संख्यामा तुलनात्मक रुपमा कमी आएको देखिएको भन्दै लकडाउनमा केही खुकुलो पारिएको र कतिपय मुलुकमा विद्यालयहरु खोल्न थालिएको छ ।

कोरोनाभाइरस सम्बन्धी तथ्याँक उपलब्ध गराउँदै आएको वल्र्डओमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वभर ९ लाख २४ हजार ६३७ जना उपचारपछि घर फर्किएका छन् । अझै पनि ५६ हजार २९१ जनाको स्वास्थ्य अवस्था निकै नाजूक अवस्थामा रहेको छ । हाल संक्रमित कूल संक्रमित १९ लाखमध्ये करिब १८ लाख ८० हजार अर्थात् झण्डै ९७ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य रहेको छ । एजेन्सी

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x