Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सन्राइज बैंकका ग्राहकलाई फूडमन्डुमा विशेष छुट

सन्राइज बैंकका ग्राहकलाई फूडमन्डुमा विशेष छुट

काठमाडौं, १६ वैशाख । सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर फूडमन्डुमा सामान खरिद गर्दा विशेष छुटदिने व्यवस्था गरेको छ । सन्राइज बैकको डेबिट÷के्रडिट कार्ड तथा क्यूआर कोड प्रयोग गरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यास व्याक प्रदान गर्ने भएको हो । यो अफर लकडाउन अवधीसम्म काठमाडौं उपत्यकाभित्र मात्र मान्य हुने बैंकले जनाएको छ ।

वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु गरिएको बैंकले जानकारी दिएको छ । घरमा नै सुरक्षित बसी डिजिटल बैंकिङ सुविधाको उपभोग गर्न बंैकले ग्राहकहरुलाई आग्रह गरेको छ । साथै बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटीएम नेटवर्क, अनलाइन बैंकि सेवाका साथै केहि नगद काउन्टर र रेमिटयान्स् सेवाहरु सुचारु राख्दै आएको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x