Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोकाकोलाले कोरोना विरुद्ध लड्न ८ करोड सहयोग गर्ने

कोकाकोलाले कोरोना विरुद्ध लड्न ८ करोड सहयोग गर्ने

काठमाडौं, १६ वैशाख । पेयपदार्थ कम्पनी कोका–कोलाले नेपालमा कोरोना भाइरस (कोभिड-१९) महामारीको फैलावट र प्रभाव विरुद्ध लड्न विभिन्न क्षेत्रका फ्रन्टलाइन (पहिलो पंक्ति)मा काम गर्नेहरूलाई ८ करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । विश्वका अन्य देशहरूमा पनि सहयोग गर्दै आएको कम्पनीले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, आपत्कालिन कामदार र सरसफाइ कर्मचारीलाई उक्त रकम सहयोग गर्ने भएको हो ।

नेपालमा शुरु गरिएको यो राहत कार्यक्रमले महामारीको जोखिममा काम गर्ने देशभर १ लाखभन्दा बढी कर्मचारी र श्रमिक लाभान्वित हुने अपेक्षा कम्पनीले गरेको छ । कम्पनीले देशलाई कोरोनाबाट सुरक्षित राख्न अथक परिश्रम गरिरहेकास्वास्थ्यकर्मी र आपत्कालीन कामदारहरुका लागि आधारभूत स्वास्थ्य सुविधा, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)को वृद्धि गरी तत्काल राहत प्रदान गरी समुदायलाई सहयोग गर्न सक्रिय कदम चालेको बताएको छ । कोका-कोलाले नेपालमा समुदायहरुलाई कोभिड-१९ विरुद्ध लड्न र यसको थप फैलावट कम गर्न सहयोग पु¥याउन नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ पार्टनर क्रियशनसँग साझेदारी गरेको पनि जानकारी दिएको छ ।

विश्वमा कोभिड-१९ महामारीले अत्यन्तै चुनौतीपूर्ण समय निम्त्याएकाले यसलाई रोकथाम गर्न सहयोग नेपाललाई गरिने निर्णय गरिएको कोका-कोला अपरेशनका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x