यो वर्ष खर्च जुटाउँन र कर्मचारीलाई तलब दिन नसक्ने त्रास बढ्योः प्रल्हाद कुँवर (भिडियोसहित)
काठमाडौं, १६ वैशाख । विश्वभरी फैलिएको कोरोना भाइसरका कारण अहिले अत्यावश्यक सेवा बाहेकका कलकारखाना र उद्योगधन्दाहरु बन्द छन् । यस्ता उद्योगधन्दा र कलकारखाल बन्द हुँदा हजारौं कामदारले रोजगारी गुमाइरहेका छन् । अझ कोरोनाको प्रभाव पर्यटन व्यवसायमा अबको केही महिनासम्म नै देखिने छ । पर्यटकहरु कोरोनाको त्रासका कारण केही समयसम्म घुमफिर गर्न निस्कदैनन् ।
यसले पर्यटन क्षेत्रको रोजगारी गुम्नुका साथै ठूला ठूला होटल व्यवसायलाई खर्च जोहो गर्न नै हम्मे हम्मे पर्नेछ । लकडाउन पछिको होटल व्यवसायबाट कर्मचारीलाई दिने तलब र खर्च जोहो गर्न समस्या पर्ने होटल हिमालयका महाप्रवन्धक प्रल्हाद कुँवर बताउँछन् । होटल ब्यवसायीलाई कर्मचारीको तलब दिने कसरी भन्ने त्रास बढ्दै गएको उनी भनाइ छ ।