Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अर्थतन्त्रको विस्तार २.२७ प्रतिशत

अर्थतन्त्रको विस्तार २.२७ प्रतिशत

काठमाडौं, १७ वैशाख । केन्द्रीय तथ्यांक विभागले यस आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादन वृद्धिदर २.२७ प्रतिशत (आधारभूत मूल्यमा) रहने अनुमान सार्वजनिक गरेको छ । कोरोना भाइरसको महामारीका कारण आर्थिक वृद्धिदरमा ठूलो गिरावट आएको हो । यो विस्तारसँगै नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रुपैयाँ पुग्नेछ । चालु आवको साउन देखि चैत महिनासम्मको तथ्यांकका आधारमा विभागले उक्त आर्थिक वृद्धिदर प्रक्षेपण गरेको हो ।
चालु मूल्यमा कुल स्थिर पुँजी निर्माण १० खर्ब ६० अर्ब रुपैयाँ रहेको छ । प्रतिव्यक्ति आय १ लाख २६ हजार १८ रुपैयाँ पुग्ने प्रक्षेपण छ । औद्योगिक वर्गीकरण अनुसार चालु वर्षमा होटल तथा रेष्टुरेन्ट, यातायात, उद्योग, खानी तथा खनिज क्षेत्रको विस्तार संकुचन भई ऋणात्मक वृद्धिदर हुने विभागको अनुमान छ ।
गत आर्थिक वर्षमा ६.७५ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको थियो । हाल विश्वमा देखिएको कोरोना भाइरस महामारीको असर न्यूनीकरणका गर्नका लागि अबलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासहरुको असरले आर्थिक वृद्धिदरमा गिरावट आउन लागेको हो । यसको असर कति लामो समयसम्म हुने भन्ने अनिश्चित रहेपनि केन्द्रीय तथ्यांक विभागले भने जेठबाट क्रमशः नियमित हुने विश्वासका आधारमा अनुमान सार्वजनिक गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x