Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

निम्बसले वीरगन्जमा विस्तार गर्यो अनलाइन शपिङ

निम्बसले वीरगन्जमा विस्तार गर्यो अनलाइन शपिङ

काठमाडौं, १७ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको अवस्था निरन्तर रहिरहँदा निम्बस समूहले देशकै मुख्य व्यापारिक केन्द्र वीरगन्जमा पनि अनलाइन शपिङ सेवा विस्तार गरेको छ । देशव्यापी रूपमा आफ्ना उत्पादन तथा सेवा विस्तार गर्ने क्रममा उक्त शहरमा पनि सेवा शुरू गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गत चैत्र ९ बाट निम्बसले आफना ग्राहक वर्गलाई सुरक्षित किनमेलको प्रत्याभूति दिलाउन www.nimbusbazar.com मार्फत अनलाइन अर्डरहरू लिन सुरू गरेको थियो । सुरुका दिनहरुमा निम्बसले सीमित मात्रामा दैनिक आवश्यकताका वस्तुहरु उपलब्ध गराएको थियो । समयक्रमसँगै निम्बसले जनस्तरबाट सकारात्मक प्रतिक्रिया पाउन थालेकोले आफ्नो सेवालाई देशका विभिन्न भागमा विस्तार गरिएको कम्पनीले बताएको छ ।
सेवालाई सहज र समयानुकूल बनाउन निम्बसले भुक्तानीका विभिन्न गेटवेहरुबाट अनलाइन भुक्तानी पनि प्रयोगमा ल्याउन थालेको बताइएको छ । निम्बसले सधंै आफ्ना सेवाग्राहीको सहजतालाई प्राथमिकतामा राखेको छ र सुवातदेखि नै न्यूनतम अर्डर अनिवार्य नगरेको बताइएको छ । निम्बसका प्रबन्ध निर्देशक आनन्द अग्रवाल बगडिया भने, ‘सेवाग्राहीका लागि हामी सबै प्रक्रिया सहज बनाउन चाहन्छौं र हाम्रो सेवा थप स्तरीय तथा व्यापक बनाउन हामी निरन्तर प्रयत्नशील छौं ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x