Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एडीबीसँग तत्काल २५ करोड डलर सहायता माग

एडीबीसँग तत्काल २५ करोड डलर सहायता माग

काठमाडौं, १७ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले एसियाली विकास बैंकका अध्यक्ष मासात्सुगु आसाकावासँग संवाद गरी कोरोना भाइरससँग लड्न नेपाललाई थप सहयोगका लागि आग्रह गरेका छन् । ‘कोरोना भाइरसका कारण स्वास्थ्य सेवा र आर्थिक तथा सामाजिक असर न्यूनीकरणमा ठूलो खर्च दायित्व सिर्जना भएको भन्दै अर्थमन्त्रीले २५ करोड रुपैयाँ सहुलियत ऋणका लागि छलफल गर्नुभएको हो,’ अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले भने ।
जवाफमा एडीबी अध्यक्षले सहयोगका लागि सकारात्मक रहेको बताएका छन् । अर्थसचिव ढुंगानाले आगामी आर्थिक वर्षमा खर्च गर्न सकिने गरी बजेटरी सहयोग छिटो र लचिलो शर्तसहित दिन एडीबीलाई आग्रह गरिएको छ । एडीबीले भारतमा १ अर्ब अमेरिकी डलरको सहुलियत ऋण दिएको छ ।
अर्थमन्त्रीसँगको संवादमा एडीबीका अध्यक्ष आसाकावाल जनस्वास्थ्य र अर्थतन्त्रमा कोरोना भाइरसको प्रभाव नियन्त्रणका लागि नेपालले चालेका कदमको प्रशंशा गर्दै डेढ खर्ब रुपैयाँको वृहद् राहत कार्यक्रम ल्याएकोमा सरकारको प्रशंशा गरेको अर्थ सचिव ढुंगानाले बताए । उनले नेपालको स्वास्थ्य सेवा क्षमता, व्यक्तिगत रुपमा पर्न सक्ने आर्थिक दबाब न्यूनीकरण, गरिबी र जोखिमयुक्त समुदायको संरक्षण, कोरोना महाव्याधि प्रभावित र आर्थिक मन्दीको मारमा परेका व्यवसायलाई सहयोग पु¥याएकोमा आफ्नो तर्फबाट सघाउन तयार रहेको उल्लेख गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x