Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

व्यावसायिक लागत कम गर्न व्यवसायीद्वारा विद्युत् महसुलमा राहतको माग

व्यावसायिक लागत कम गर्न व्यवसायीद्वारा विद्युत् महसुलमा राहतको माग

काठमाडौं, १७ वैशाख । व्यावसायिक लागत कम गर्न निजी क्षेत्रका तीन संस्थाले ऊर्जामन्त्री वर्षमान पुनसँग माग गरेका छन् । बुधवार मन्त्री पुनसँग भेट गर्दै नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीले व्यावसायिक लागत कम गर्न विद्युत्को महशुलमा राहत दिन आग्रह गरेका हुन् ।
सोही छलफलमा यी संस्थाहरूले संयुक्त रूपमा तयार गरेको कोरोना भाइरसको महामारी तथा लकडाउनबाट उद्योग व्यवसाय तथा व्यापार क्षेत्रमा परेको समस्या समाधान सम्बन्धी सुझाव प्रतिवेदन समेत मन्त्री पुनलाई हस्तान्तरण गरेका थिए । प्रतिवेदनमा विद्युत्को महशुल कम्पनी तथा फर्मको लागतको एक महत्वपूर्ण हिस्सा रहन गएको सन्दर्भमा व्यावसायिक लागत कम गर्न विद्युत्को महुशलमा राहतका लागि आग्रह गरिएको छ । विद्युत्का क्षेत्रमा चार महिनाको लागि डिमाण्ड चार्ज मिनाहाको व्यवस्था गरिनुपर्ने, बिजुलीको महशुल तिर्ने समय सीमा चार महिनाको लागि पछाडि सार्नुपर्ने र बिजुलीको महशुलमा १५ महिनासम्म २० प्रतिशत छुटको व्यवस्था गर्न समेत आग्रह गरिएको छ ।
प्रतिवेदन बुझ्दै मन्त्री पुनले लकडाउन लम्बिने समय यकिन नभएकाले विद्युत महशुलमा दिन सकिने राहतका विषयमा लचिलो हुन विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई बोर्डले अधिकार दिइसकेको जानकारी दिए । अन्य मागका विषयमा थप छलफल गर्ने र निर्माण क्षेत्रका ठूला आयोजनाको काम सकेसम्म छिटो सूचारु गराउन प्रयास भइरहेको पनि उनले जानकारी दिए ।
यसअघि निजीक्षेत्रका तीनवटै संस्थाहरुले तत्काल आर्थिक पुनरुउत्थान प्याकेज घोषणा गर्न आग्रह गर्दै मुख्यसचिव र सरकारका अन्य निकायमा संयुक्त सुझाव प्रतिवेदन पेश गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x