Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बजेट अधिवेशन छिट्टै शुरु हुने

बजेट अधिवेशन छिट्टै शुरु हुने

काठमाडौं, १८ वैशाख । संसद् सचिवालयले बजेट अधिवेशन (वर्षे अधिवेशन) छिट्टै शुरु गर्ने तयारी थालेको छ । जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि सरकारले राष्ट्रपतिमार्फत् नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले अधिवेशन बोलाउन तयारी थालिएको हो । अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । प्रधानमन्त्रीसँग भेटेर सभामुखको उक्त आग्रहपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसद् भवनको व्यवस्थापन अवलोकन गर्न संघीय संसद् भवन नयाँ बानेश्वर पुगेका थिए ।

कोरोना भाइरसको महामारीमा भौतिक दूरी कायम गरेर संसद्को सभाहल व्यवस्थापन कार्य अघि बढाइएको संसद्का कार्यवहाक महासचिव गोपालनाथ योगीले बताए अहिलेलाई एउटा कुर्सी छाडेर सांसद्हरु बस्न सक्ने व्यवस्था गर्न लागिएको जानकारी दिए । प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावलीमा भर्चुअल मिटिङको व्यवस्था नरहेको र सदन चल्नका लागि एक चौथाइ उपस्थिति हुनुपर्ने अर्थात् कोरम पु¥याउनै पर्ने व्यवस्था छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी शुरु गरिसकेको छ । प्रतिनिधिसभा नियमावली अनुसार बजेट प्रस्तुत गर्नु १५ दिन अघि पूर्व बजेट छलफल सम्पन्न गरिसक्नुपर्छ । यी सबै आवश्यकतालाई दृष्टिगत गरी कम्तीमा पनि वैशाखको अन्तिम सातादेखि संसद् सुचारु गर्ने तयारी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x