Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

आर्थिक पुनःस्थापना तथा सहयोगबारे नेपाल–भारत अन्तरक्रियात्मक वेबिनार सम्पन्न

आर्थिक पुनःस्थापना तथा सहयोगबारे नेपाल–भारत अन्तरक्रियात्मक वेबिनार सम्पन्न

काठमाडौं २०, वैशाख । कोभिड १९ ले नेपाल र भारतमा पारेको आर्थिक संकटलाई दृष्टिगत गर्दै भारत–नेपाल केन्द्रको तत्वावधान एवं नेपाल उद्योग परिसंघ र नेपाल एसबिआई बैंकको सहयोगमा ‘रणनीतिक आर्थिक पुनःस्थापना तथा सहयोग’ विषयक अन्तरक्रिया वेबिनार गरिएको छ । चेम्बर अफ कमर्श एण्ड इष्डस्ट्रीले बुधवार भर्चुअल माध्यमबाट आयोजना गरेको उक्त कार्यक्रममा भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्य प्रमुख अतिथि थिए ।
आफ्नो भिडियो संवादमा राजदूत आचार्यले उक्त कार्यक्रमको आयोजना गरिएकोमा भारत–नेपाल केन्द्रलाई धन्यवाद व्यक्त गरे । कोरोना प्रकोपको प्रभाव लामो समयसम्म रहने भन्दै उनले यसको सामना गर्न दुवै देशलाई एकअर्काको सहयोग महत्वपूर्ण हुने बताए । अर्थतन्त्र र जनजीवन सामान्य अवस्थामा ल्याउन हरेक देशको सामु चुनौती भएको समेत उनको भनाइ थियो । नेपाल–भारत सम्बन्ध सदयौंदेखि अविच्छिन्न रहेको भन्दै उनले अहिलेको महामारीमा यो झनै मुखरित भएको धारणा राखे ।
वेबिनारमा पीएचडी चेम्बरका उपाध्यक्ष प्रदीप मुल्तानीले अहिलेको संकटको सामना गर्न नेपाल–भारत द्विपक्षीय सम्बन्ध अझै गाढा बनाउनुपर्नेमा जोड दिए । नेपालका लागि भारतका पूर्वराजदूत केवी राजनले नेपाल नेपाल–भारत व्यापार, आर्थिक, सांस्कृतिक सम्बन्धबारे प्रकाश पार्दै कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिए ।
वेबिनारमा बोल्दै एनसीआई नेपालका अध्यक्ष निर्वाण चौधरीले नेपाल–भारत आपूर्ति व्यवस्थाबारे पछिल्लो घटनाक्रमबारे जानकारी गराएका थिए । नेपाल व्यापार पर्यटन लगायतमा भारतका लागि महत्वपूर्ण देश रहेको भन्दै नेपाललाई सबै प्रकारले सहयोग गर्न भारतको साथ रहेको बताए । वेबिनारमा राष्ट्रिय योजना आयोगका सुशील भट्ट, सीएनआईका अध्यक्ष सतीशकुमार मोर, नेपाल एसबिआई बैंकका सीईओ अनुकूल भट्नागरसहित भारतीय सरकारी तथा निजीक्षेत्रका वक्ताहरूले नेपाल र भारतमा आर्थिक सुधार तथा सहयोगको साझा रणनीति बनाउनुपर्ने विषयमा समेत विचार विमर्श गरेका थिए । उक्त वेबिनारमा दुवै देशका सरकार, उद्योग र मिडियाका गरी १५० भन्दा धेरैको सहभागिता थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x