Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नबिल बैंकको सेवा अब घरबाटैे

नबिल बैंकको सेवा अब घरबाटैे

काठमाडौं, २२ वैशाख । नविल बैंकले घरमै बसी अनलाइनमार्फत् खाता खोली सीमित कारोबार गर्न सकिने सुविधा प्रारम्भ गरेको छ । बैंक शाखामा नगई आफ्नै घरबाट खाताखोली इन्टर्नेट बैंकिंग, मोबाइल बैंकिंग जस्ता डिजिटल बैंकिंग सुविधाहरुको तत्काल लाभ लिन सक्ने बैंकले जनाएको छ । मोबाइल बैंकिंग सुबिधाअन्तर्गत ग्राहकहरुले रिचार्र्ज गर्ने बिल भुक्तानी, बीमा प्रीमियम भुक्तानी गर्ने, रकम रकमांतर गर्ने जस्ता कार्यहरु समेत आफ्नै घरबाट मोबाइलमार्फत कारोबार गर्न सक्नेछन् ।

साथै बैंकले यो सुविधा कोभिड १९ संक्रामण न्युनीकरण एवम् ग्राहकहरुको स्वास्थ सुरक्षाको प्रत्याभूत गरी सीमित अवधि र सीमित कारोबारका लागि प्रदान गरिएको जानकारी दिएको छ ।
हाल बैंकले १ सय १८ शाखा कार्यालय र १ सय ७७ एटीएम संजालमर्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x