Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनआईसी एशिया बैंकको पीओएस टर्मिनल र एटिएममा अब मास्टरकार्डको प्रयोग गर्न सकिने

एनआईसी एशिया बैंकको पीओएस टर्मिनल र एटिएममा अब मास्टरकार्डको प्रयोग गर्न सकिने

काठमाडौं, २४ बैशाख । एनआईसी एशिया बैंकको पीओएस टर्मिनल र एटिएमहरूमा अब मास्टरकार्डको डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न सकिने भएको छ । बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि पीओएस टर्मिनल तथा एटिएमहरूमा उक्त कम्पनीका डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न सकिने सुविधा ल्याएको हो ।

यो व्यवस्थासँगै अब कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टरकार्डका डेबिट तथा क्रेडिट कार्यहरूको प्रयोग ग्राहकहरूले बैंकको टर्मिनलमार्फत कारोबार रकम भुक्तानी तथा एटिएम मेसिनहरूबाट नगद निकाल्न र मौज्दात सोधपुछ सुविधा प्रयोग गर्न सक्ने छन् । नेपालमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या बढ्दो क्रममा रहेको र विशेष गरी सेवा क्षेत्रहरू होटल, रेष्टुरेन्ट, पर्यटन क्षेत्रमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या थुप्रै रहेकोले यो सुविधा ल्याएको बैंकले जनाएको छ।

त्यस्तै कोरोनका रोकथामका लागि गरिएको लकडाउनले ग्राहकमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै बैंकले यसअघि नै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x